Friday, February 7, 2025
Homeमनोरञ्जनशान्तिनगर महोत्सवमा उवासंघको सहकार्य

शान्तिनगर महोत्सवमा उवासंघको सहकार्य

- Advertisement -spot_img

शान्तिनगर, १८ माघ । ‘मगर समुदायभित्रको भाषा, लिपि र संस्कृतिको खोज अनुसन्धान, स्थानीय पर्यटकीय स्थलहरुको प्रचारप्रसार हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आगमी माघ २४ देखि फागुन ४ गतेसम्म सञ्चालन हुन लागेको प्रथम शान्तिनगर ब्यापारिक तथा पर्यटन महोत्सव–२०७५ मा दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखाले सहकार्य गर्ने भएको छ । अठार मगरात मगर खाम तथा संस्कृति संरक्षण विकास मञ्च र नेपाल मगर साँस्कृतिक संघ राप्ती समन्वय समिति दाङको मूल आयोजना सञ्चालन हुने महोत्सवलाई दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखाले आयोजकको रुपमा सहकार्य गर्ने भएको हो । दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखाका अध्यक्ष ज्ञानेन्द्रराज शर्माको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । दाङ जिल्लाको कृषि, उद्योग, व्यापार, संस्कृति र पर्यटनको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन हुन लागेको प्रथम शान्तिनगर ब्यापारिक तथा पर्यटन महोत्सवलाई सफल पार्ने निर्णय गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखाका प्रेस संयोजक प्रेम पुनले जानकारी दिए ।
माघ २४ देखि फागुन ४ गतेसम्म १० दिन सञ्चालन हुने महोत्सवमा विभिन्न व्यापारिक तथा पर्यटनसम्बन्धी १२० वटा स्टल, मौतको कुवा, बालउद्यान, पिङ रहने मूल आयोजकले जानकारी दिएको छ । महोत्सवको प्रचारप्रसार तिव्र गतिमा भइरहेको महोत्सव प्रचारप्रसार समितिका संयोजक प्रेम विवश घर्तीले जानकारी दिए । महोत्सवमा केन्द्रीय तथा स्थानीयस्तरका कलाकारहरुको प्रस्तुति हुने महोत्सव प्रचारप्रसार समितिका संयोजक घर्तीले जानकारी दिए । संयोजक घर्तीका अनुसार चर्चित नायक दिलिप रायमाझी, चर्चित लोक गायिका राधिका हमाल, चर्चित गायकहरु कृष्ण रेउले, प्रकाश सपुत, सौगात सायर, हाँस्यकलाकार कमल गाउँले, पूर्खे बालगायत दर्जनौ केन्द्रीय कलाकार तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ । साथै महोत्सवको मुख्य आकर्षकमा याक डान्स, मयुर डान्स र एउटा खुट्टाले नाच्ने मिना पुनको नृत्य रहने बताइएको छ ।

विभिन्न्न उपसमिति गठन

पश्चिम दाङको शान्तिनगर–५ रगैजामा हुन लागेको प्रथम शान्तिनगर ब्यापारिक तथा पर्यटन महोत्सव २०७५ लाई सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरिएको छ । प्रेम विवश घर्तीको संयोजकत्वमा तीन सदस्यीय प्रेस तथा प्रचारप्रसार उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा प्रेम पुन र दिपक बोहरा रहेका छन् । खुमेन्द्र पुन मगरको संयोजकत्वमा तीन सदस्यीय साँस्कृतिक उपसमिति जसको सदस्यमा कर्म कुमार बुढा र रोहन पुन रहेका छन् । सागर राउत संयोजकत्वमा स्टल व्यवस्थापन उपसमिति, यमबहादुर पुनको संयोजकत्वमा कार्यक्रम सञ्चालन उपसमिति, रोहन पुनको संयोजकत्वमा आर्थिक संयोजन उपसमिति, रामकुमार घर्तीको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन उपसमितिलगायतका विभिन्न उपसमिति गठन गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here