तुलसीपुर, १७ माघ । ड्रामा प्रोडक्सन एण्ड थिएटर मिडिया हाउसको आयोजनामा थारु नाच प्रतियोगिता २०७५ बुधबार तुलसीपुरमा सम्पन्न भएको छ । ‘उत्कृष्ट प्रतिभाह करक लाक पहिचान, उह प्रतिभाह डेनेबाटी सम्मान’ भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगितामा विभिन्न गाउँबाट २० थारु नृत्य प्रस्तुत भएका थिए ।
ड्रामा प्रोडक्सन एण्ड थिएटर मिडिया हाउस तुलसीपुरका कार्यक्रम संयोजक प्रविण चौधरीको अध्यक्षता एवं सिड संस्थाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले थारु संस्कृति गौरवपूर्ण भएकाले यसलाई बचाउने र युवा पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको बताए । संस्कृतिमा सबैभन्दा धनी थारु समुदायको संस्कृति संरक्षण र सम्बद्र्धन गर्न राज्य तहबाटै पहल गर्नुपर्नेमा जोड दिए । जबसम्म थारु संस्कृतिलाई रचनात्मक ढंगले अगाडि बढाउन सकिदैन तबसम्म थारु जातिको हरेक चिजलाई बचाउन नसकिने चौधरीको भनाइ छ । उक्त अवसरमा ड्रामा प्रोडक्सन एण्ड थिएटर मिडिया हाउस तुलसीपुरका अध्यक्ष डिल्ली बस्नेत संगीत र सीड संस्थाका अध्यक्ष भागिराम चौधरीले मन्तव्य व्यक्त गरेका थिए । ड्रामा प्रोडक्सन एण्ड थिएटर मिडिया हाउसका कार्यक्रम व्यवस्थापक सुन्दर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दिप्ती शिखा चौधरी र कर्ण चौधरीले गरेका थिए । यही माघ २० गते घोराहीमा र यसको फाईनल प्रतियोगिता आगामि फागुन महिनामा दाङको तुलसीपुरमा हुने भएको छ ।
Stay Connected
Must Read