Friday, February 7, 2025
Homeमनोरञ्जनपन्ध्र लाखको कारोवार

पन्ध्र लाखको कारोवार

- Advertisement -spot_img

देउखुरी, १० माघ । सभाहल निर्माण गर्ने मुख्य उद्देश्यले सञ्चालन भएको देउखुरी व्यापारिक महोत्सवको छैठौ दिनसम्म करिव १५ लाखको आर्थिक कारोवार भएको र २० हजार दर्शकले महोत्सवको अवलोकन गरेको देउखुरी उद्योग वाणिज्य संघका कोषाध्यक्ष केशव घिमिरेले बताए । मंगलबार र बुधबार मौसमले साथ नदिदा सोचे अनुसारको कारोवार हुन नसकेको घिमिरेले बताए । पाँचौ देउखुरी व्यापारिक महोत्सवको बुधबार छैठौ दिन तीन हजार दर्शकले अवलोकन गरेका छन् ।
अजम्बरी सामुदायिक वनले जैवीक विविधता पार्कका लागि छुट्याएको स्थानमा सभाहल निर्माणका लागि देउखुरी उद्योग वाणिज्य संघले यही माघको ४ गतेदेखि महोत्सवको आयोजना गरेको हो । मेलामा राष्ट्रियस्तरका कलाकारहरुले उपस्थित दर्शकलाई मनोरञ्जन दिएका थिए । महोत्सवमा लोकपप गायक अर्जुन कौशलले आधा दर्जन गीत गाएर दर्शकलाई नचाएका थिए । त्यसैगरी हास्य कलाकार कमल गाउँलेले पनि उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गराएका थिए । त्यस्तै दंगाली गायक तथा नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष चन्द्र शर्माको कार्यक्रम सञ्चालनको प्रस्तुतिले मेलालाई थप रमाइलो गराएको थियो । त्यसैगरी चर्चित गायिका ज्योति मगरले पनि महोत्सवको माहोल तताएकी थिइन् । आज ख्यातिप्राप्त लोक तथा दोहोरी गायक रामजी खाड लगायतका कलाकारको प्रस्तुति रहने भएको छ । महोत्सव माघको १६ गतेसम्म चल्ने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here