Saturday, March 15, 2025
Homeसाहित्यदेउखुरी गजल अभियानको पाँचौ बर्ष

देउखुरी गजल अभियानको पाँचौ बर्ष

- Advertisement -spot_img

गढवा, २३ पुस । शनिबार देउखुरीको लमहीमा गजल, मुक्तक, छन्द कविता र हाइकुको बर्षा नै भएको छ । रुकुम, रोल्पा, प्यूठान, दाङ, कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया र कैलाली गरी नौ जिल्लाबाट आएका तीन दर्जन बढी साहित्यकारहरुले देशमा भएको विकृति र विसंगतिलाई प्रहार गर्दै देउखुरीको लमहीलाई साहित्यमय बनाए ।
नौ बर्षिय अबिरल पोखे्रलदेखि युवा पुस्ता हुँदै ६४ बर्षिय साहित्यकारहरु समेतको रचना वाचनले साँचिच्कै शनिवार लमहीमा रौनक बढेको थियो । रुपन्देहीका युवा साहित्यकार सागर केसीको छन्द गायनले कार्यक्रमको माहोललाई निकै साहित्यमय र मन्त्रमुग्ध बनाएको आँकलन हुन्थ्यो । सन्दर्भ भक्ति थापा स्मृति अध्ययन प्रतिष्ठान लमहीमा आयोजित देउखुरी गजल अभियान दाङको पाँचौ वार्षिकोत्सव समारोहको हो ।
एता गजलको बर्षा भै रहेछ,
उता निर्वाचन भै रहेछ ।
हरेक ठाउँमा निर्वाचन, जनता घाइते भएको छ,
यहाँ त संसदीय निर्वाचनकै झझल्को पो आइरहेछ ।
देशमा सञ्चालित हरेक निकाय तथा संघसंस्थाहरुमा निर्वाचनको फेसनले जरा गाडिरहेको विकृतिपूर्ण माहोललाई स्मरण गर्दै शनिबार लमही खानेपानी संस्थामा भएको निर्वाचनप्रति कार्यक्रममा उपस्थित सहित्यकारहरुले ब्यङ्य प्रहार गरेका थिए । कार्यक्रममा उपस्थित साहित्यकर्मी शिक्षकहरुले आफ्नो जागिर सम्झिदै यसरी हाइकु भट्याई रहेका थिए– बिरानो ठाउँ, माष्टरको जागिर, ऊँखु पेलाई ।
देउखुरी गजल अभियान दाङका अध्यक्ष गुरुप्रसाद कुमाल (बुलबुल) को अध्यक्षता र पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेका अध्यक्ष महानन्द ढकालको प्रमुख आतिथ्यमा भएको वार्षिकोत्सव समारोहमा प्रदेश नम्बर ५ मा रहेर राष्ट्रियस्तरमै गजल विधामा उल्लेखनीय योगदान गर्ने बाँकेका अब्दुल लतिफ शौक र दाङका टिकाराम उदासीलाई सम्मान गरिएको थियो । उक्त अवसरमा थारु भाषा तथा साहित्य संरक्षण मञ्च दाङले प्रकाशन गरेको कैलालीका लेखक अंकर अन्जान सहयात्रीको छिर्कल ओजरिया नामक कृतिको विमोचनसमेत गरिएको थियो ।
कार्यक्रममा प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय उपाध्यक्ष पदमप्रसाद शर्मा, प्रदेश नम्बर ५ का अध्यक्ष केशव थापा, राप्ती साहित्य परिषद्का बरिष्ठ उपाध्यक्ष टिकाराम उदासी, रुकुमेली साहित्यकार गोविन्द पुन गिरिस, रोल्पाली साहित्यकार खेमराज शर्मा, देउखुरी साहित्य मञ्च दाङका अध्यक्ष हरि पोखे्रल, नागरिक समाज दाङका सहसंयोजक निमबहादुर थापा, अवधि साँस्कृतिक विकास परिषद् दाङका अध्यक्ष जगतराम यादव, प्रगतिवादी साहित्यकार खगेश्वर भण्डारी, शिवगढी साहित्य संगम कपिलवस्तुका अध्यक्ष अर्जुन कुमार पौडेल, पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेका बद्री ढकाल, केशव निमेश, विक्रम शिशिर, सैनामैना साहित्य संगमका अध्यक्ष सागर केसी, ध्रुवराज पन्थी, थारुभाषा तथा साहित्य संरक्षण मञ्च दाङका अध्यक्ष छविलाल कोपिला, बर्दियाली गजलकार अनुपमा करारा, बाँकेका आख्यानकार सुमित्रा न्यौपाने, गजल अभियान दाङका प्रवल बिष्ट, साहित्यकर्मीहरु रमा नेपाली, दिपा धिताल, केडि शर्मा एकल, रेशम बिसी, खुविराम आचार्य, सूर्यराज गौतम, आशिष बिएम कल्पबृक्ष र अविरल पोखे्रल लगायतले रचना वाचन तथा मन्तब्य ब्यक्त गरेका थिए । मञ्चका लक्ष्मी वाग्लेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन देउखुरी साहित्य मञ्चका सचिव शिवराज पन्थीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here