Saturday, March 15, 2025
Homeफिचरसाहित्यकारहरुलाई सम्मान

साहित्यकारहरुलाई सम्मान

- Advertisement -spot_img

घोराही, ४ पुस । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले साहित्यकारहरुलाई सम्मान गरेको छ । शाखाको २६औँ स्थापना दिवसको अवसरमा पुरस्कार वितरण एवं सम्मान समारोहको आयोजना गरी प्रगतिशील साहित्यकारहरुलाई सम्मान गरेको हो । संघले वर्ष सम्मान मोहन वैद्य किरणलाई प्रदान गरेको छ । त्यस्तै प्रगतिशील साहित्य पुरस्कार शरद अधिकारी, चिन्तामणि–जमुना स्मृति पुरस्कार टीकाराम उदासीलाई, अनन्त–टिका प्रतिभा पुरस्कार छविलाल कोपिलालाई प्रदान गरेको छ ।
त्यसैगरी गोविन्द चीस सर्जक पुरस्कार गुरुप्रसाद कुमाल, बलबुल र गोविन्द ज्ञवाली साहित्य पुरस्कार शारदा शर्मालाई प्रदान गरिएको छ । कार्यक्रममा मोहन वैद्यले साहित्य, कला र संस्कृतिले राजनीतिक आन्दोलनलाई सफल बनाएको बताएका थिए । दश वर्षको जनआन्दोलनमा कलाकारहरुले निभाएको महत्वपूर्ण भूमिकालाई बिर्सन नहुने बताएका थिए । अबको साहित्य सरकारको विकृतिविरुद्ध कलम चलाउनु पर्ने बताएका थिए । कार्यक्रममा सहभागीहरुले प्रगतीशील साहित्यको आन्दोलनका अगाडि थुप्रै चुनौतीहरु रहेको बताएका थिए । सहभागी श्रष्टाहरुले प्रगतिवादी साहित्यलाई बजार अर्थतन्त्रले चुनौती दिइरहेको बताउँदै यसलाई चिर्न जरुरी रहेको बताए । साथै सहभागीहरुले नेपालको साहित्यीक आन्दोलनबाट प्रगतिवादी साहित्यलाई झिक्ने हो भने त्यो आन्दोलन अपूरो हुने समेत बताए । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखा अध्यक्ष भुवन देवकोटाको अध्यक्षता एवं प्रेस काउन्सिल नेपालका पूर्व केन्द्रीय अध्यक्ष एवं वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रगतिशील लेखक संघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष समालोचक डा अमर गिरी, केन्द्रीय उपाध्यक्ष पदम प्रसाद शर्मा, साहित्यकार शशीधर भण्डारी, वरिष्ठ साहित्यकार गिरिराज शर्मा, प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य यज्ञबहादुर डाँगी, पूर्व उपाध्यक्ष हिरामाणी दुखी, पुरस्कृत श्रष्टा शारदा शर्मा, पुरस्कार संस्थापक रामप्रसाद जैशी, रेडियो मध्यपश्चिम सञ्चालक समितिका अध्यक्ष सुशील गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा श्रष्टा परिचय प्रगतिशील लेखक संघ ५ नम्वर प्रदेशका अध्यक्ष केशव थापाले गराएका थिए । जिल्ला उपाध्यक्ष खगेश्वर भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव छविलाल कोपिलाले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here