- Advertisement -spot_img
Friday, May 7, 2021
Homeसमाजसमुदायसँग साझेदारी बढाउँदै प्रहरी

समुदायसँग साझेदारी बढाउँदै प्रहरी

- Advertisement -spot_img

तुलसीपुर, २९ मंसिर । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा अपराध रोकथाम र दुर्घटना न्यूनीकरणका विषयमा एकदिने कार्यक्रम भएको छ । ईलाका प्रहरी कार्यालयको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम भएको हो । कार्यक्रम तुलसीपुर उपहानगरपालिकाभित्रका सामुदायीक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग गरिएको थियो ।
समाजमा भएका तथा हुने गरेका अपराधहरुको रोकथाम, सामाजिक विकृति, विसंगतिविरुद्ध जनचेतना फैलाउने विषयमा छलफल गराईएको थियो । यस्तै सुरक्षा व्यवस्थापनमा जनसहयोगको अभिवृद्धि गरी सुमार्ग सामुदायीक सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरी समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत समुदायसँग जोडिन चाहेको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए । उनले प्रहरीहरु स्थानीयतह, समुदाय, सामाजिक संघसंस्था र विद्यालयहरुबीच साझेदारी सम्बन्ध निर्माण गरी सामुदायलाई व्यवस्थित तरीकाले संस्थागत गर्न लागेको बताउँदै सबैले सहयोग गर्नसमेत अुनरोध गरे ।
कार्यक्रमका अवसरमा उनले प्रत्येक विद्यालयहरुमा विद्यालय प्रहरी साझेदारी अभियान सञ्चालन गरिने बताए । विद्यालयमा विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई सुमधुर बनाई नैतिकवान, लगनशील असल विद्यार्थी बनाई उज्ज्वल भविष्य निर्माणका लागि विद्यालयमा यस्ता कार्यक्रमहरु अत्यावश्यक भएको उपस्थित प्रधानाध्यापकहरुको भनाइ थियो ।
समाजमा आईपर्ने हरेक किसिमका सामाजिक विपत्तिको समयमा विद्यालयमा गठन गरिएका समितिहरुलाई सक्रिय बनाई अगाडि लैजाने उनले जानकारी दिए । समाजमा हुने हरेक किसिमका सूचना र घटनाको बारेमा समेत यो अभियानले ठूलो राहत पुग्ने उनको भनाइ छ । विभिन्न कारणले समाजमा स–साना बालबालिहरु समेत कुलतमा लागिरहेको बताँदै उनले विद्यालयमा सिकेका हरेक कुरालाई परिवार र समाज परिवर्तनमा यसले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । छलफल कार्यक्रममा प्रहरी नायव उपरीक्षक शाहीले विषयवस्तुमाथि जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण प्रहरी नायक निरीक्षक कृष्ण पुजाराले गरेका थिए ।

साझेदारी समिति

समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत तुलसीपुर–३ मा समुदाय–प्रहरी साझेदारी समिति गठन गरिएको छ । वडामा शान्ति सुरक्षा कायम गर्नुका साथै वडास्तरमा सुरक्षा सचेतना अभिवृद्धि गर्न, आवश्यक क्षेत्र पहिचान गरी एक वडा एक कार्यक्रम सञ्चालन गर्न समिति गठन गरिएको बेलुवा प्रहरी चौकीका प्रहरी भिम बहादुर रावतले जानकारी दिएका छन् । समुदाय–प्रहरी वडा समितिको कार्य मासिक बैठक, वडास्तरका सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्ने, मेला, पर्वमा सूचना तथा समन्वय केन्द्र सञ्चालन गर्न समन्वय गर्ने र सुरक्षाका साधन सडक बत्ती, सुरक्षा गार्ड, सिसी क्यामेरा जडान गरी गाउँलाई सुरक्षा दिने लगायतका रहेका छन् ।
तुलसीपुर वडा नम्बर ३ का अध्यक्ष वीरबहादुर विकको संयोजकत्वमा रहेको समितिको सहसंयोजकमा प्रहरी सहायक निरीक्षक रावत रहेका छन् । त्यसैगरी सदस्यमा वडा सदस्यहरु, वडा सचिव, प्रहरी, सामाजिक संस्था, महिला सञ्जाल, आमा समूह, नागरिक समाजका प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापकहरु रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here