नेपाली संगीतको सागरमा २०५८ सालमा सल्यानी सुसेली बोलको गीत बजारमा ल्याएर चर्चामा आएका कलाकर्मी जीतसागर रावत पछिल्लो समय व्यवसायीक सांगीतिक यात्रामा रमाउन थालेका छन् । संगीतको क्षेत्रमा चर्चा कमाउन सफल रावतले आवाज र संगीत भरेका करिब एक सयभन्दा बढी गीत बजारमा छन् ।
कलाकर्मी रावत संगीतको सागरमा ढुब्दै जाँदा उनका पछिल्ला कोसेलीले पनि बजार तताउन सफल भएका छन् । आजभन्दा करिब १५ वर्ष अघि गीत, संगीतको यात्रा थालेका रावत संगीतको यात्रामा सफल देखिएका हुन् । सानै उमेरमा गीत, संगीतमा रुचि भएका रावतले विद्यालयमा हुने विभिन्न सांगीतिक कार्यक्रममा भाग लिने र प्रथम, द्वितीय स्थान हासिल गर्ने गरेको आफ्नो बाल्यकाललाई सम्झन्छन् ।
रावतका बजारमा ल्याएका सांगीतिक कोसेली लाखौँ दर्शक तथा श्रोताले रुचाएका छन् । जतिबेला अहिलेको जस्तो समय थिएन्, संकटकालिन अवस्थामा विभिन्न दुःख सहदै संगीतलाई निरन्तरता दिएका उनले आफ्नो बिगतलाई भावुक हुँदै सम्झे । गीत गाउने रुचि अत्याधिक चाहना भएपछि गीत रेकर्ड गराउनका लागि महेन्द्रनगर पुगेका थियौँ, एउटा सानो होटेलमा गीतको तयारी गर्दै गर्दा हामीले नेपाली सेनाले माओवादी हौँ भन्दै विभिन्न सोधपुछ पनि ग¥यो, विभिन्न मानसिक यातना पनि दियो, भोलिपल्ट बयानका लागि बोलायो उनले भने । उनले संगीतको यात्रामा विभिन्न आरोह अवरोह आएपनि अगाडि बढिरहेको बताए । मलाई लाग्छ गीत, संगीत अक्सिजन जस्तै हो, जसरी अक्सिजन बिना मानिस बाँँच्न सक्दैन्, म पनि गीत, संगीत बिना बाँँच्न सक्दैन् । गीत, संगीत भनेपछि सबैको मन नै फुरुंग हुन्छ, त्यसैमा कलाकर्मीको लागि त झनै महत्वपूर्ण छ, संगीत जसले चिनायो अब यो छोडेर टाढा जान सक्दैन् उनले भने ।
रावतका बजारमा ल्याएका सांगीतिक कोसेली लाखौँ दर्शक तथा श्रोताले रुचाएका छन् । जतिबेला अहिलेको जस्तो समय थिएन्, संकटकालिन अवस्थामा विभिन्न दुःख सहदै संगीतलाई निरन्तरता दिएका उनले आफ्नो बिगतलाई भावुक हुँदै सम्झे ।
सल्यानी सुसेली नाम गीतको एल्वम करिब ५० हजार क्यासेट बजारमा गएको बताउँदै उनले भने– त्यो बेलामा गीतले निकै चर्चा कमायो, जसका कारण म आज यो ठाउँमा छु, तर शुरुमा भएकाले कम्पनीले एल्बम बजारमा गएजति रकम दिन सकेन् । पछिल्लो समय प्रविधिको विकाससँगै कलाकर्मीलाई पनि राम्रो फाइदा पुगेको बताउँदै उनले भने– हिजोआज युट्युवबाट राम्रो आम्दानी पनि भएको छ, स्टेज कार्यक्रममा पनि व्यस्त छु उनले भने ।
लोकगीत मात्र नभई सबै विधामा सक्षम कलाकर्मी रावतले बजारमा ल्याएका गीतहरु श्रोता तथा दर्शकको ढुकढुकी बन्न सफल भएका छन् । उनले बजारमा ल्याएका गीतमध्ये ‘मुटुभरी माया छ’, ‘पहिलो प्रेमिका’, ‘तिम्रो सम्झनामा’ लगायत तीज, दशैँ र तिहारजस्ता चाडपर्व विशेष गीतहरु पनि ल्याउने गरेका छन् । सानोमा विद्यालयमा पढ्दा शिक्षकले आफूलाई संगीतमा लाग्न प्रेरित गर्ने गरेको उनले बताए । सल्यानको त्रिवेणी गाउँपालिका–५ मा जन्मिएका कलाकर्मी रावतले काठमाडौँलाई कर्मथलो बनाएका छन् । संगीतको यात्राकै क्रममा देश विदेशमा जानेको गरेको उनले बताए । अस्ट्रेलिया, कतार, साउदी, दुबईलगायतका ठाउँमा पुगिसकेको उनको भनाइ छ । धेरै गायिकासँग गीतमा स्वर दिएपनि विष्णु माझीसँगको गीतले बढी चर्चा पाएका छन् । ‘तर के गर्नु पछिल्लो समय विष्णुले स्वर मंहगो भएपछि उहाँ संग स्वर दिन पाएको छैन्’ उनले भने । स्वरका धनी गायक रावत आफैले बनाएका गीतमा पनि मोडलिङ गर्ने गरेका छन् । उनले करिब आधा दर्जनभन्दा बढी गीतमा मोडलिङ गरिसकेका छन् । भावुक अभिनयदेखि चकलेटी भूमिकामा देखिने गरेका उनले एक्क ट्रायल नामक फिल्म पनि निर्माण गरेका छन् । कलाकर्मी रावतले पछिल्लो समय ‘एउटी तन अर्की मन’ नामक बोलको गीत बजारमा ल्याउने तयारी गरेको बताए । यो गीतलाई पनि दर्शक तथा श्रोताले मन पराउनु हुनेछ भन्ने आशामा छु उनले भने ।