Friday, February 7, 2025
Homeअर्थतीन दिने उद्यमशील तालिम शुरु

तीन दिने उद्यमशील तालिम शुरु

- Advertisement -spot_img

तुलसीपुर, ५ मंसिर ।
निर्धन उत्थान लघु वित्त वित्तीय संस्थाद्वारा तीनदिने लघु वित्त उद्यमशिल तालिम शुरु गरिएको छ । बुधबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी तालिमको सुरुवात गरिएको हो । बैंकका शाखा प्रमुख पिताम्वर पौडेलको अध्यक्षता एवं प्रदेश सांसद् उत्तरकुमार ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम शुरु गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि ओलले साना लघु उद्योगहरु ठूलो उद्योग बन्नका लागि प्रदेश सरकारसँग जोडिनु पर्ने बताएका थिए । सरकारको फ्रेममा छिर्न सक्ने उद्योगले पैसाको लागि चिन्ता गर्नु नपर्ने उनले बताए । कुनै पनि व्यक्ति आर्थिकरुपमा सक्षम र सफल बन्नका लागि विभिन्न किसिमका व्यापार, व्यवसाय र उद्यम सञ्चालन गर्न आवश्यक रहेको जानकारी उनको भनाइ थियो ।
यस्तै कार्यक्रका अवसरमा बोल्दै सीप विकास तालिम केन्द्रका कार्यालय प्रमुख सुदर्शन अधिकारीले आफूसँग भएका सीप र ज्ञानलाई व्यवहारमा लागूगरी आत्मनिर्भर बन्नुपर्ने बताए । कार्यक्रमकै अवसरमा बोल्ने वक्ताहरुले सीपमूलक तालिमहरु समय–समयमा प्रदान गरी महिलाहरुलाई स्वावलम्वी बनाउनुपर्ने बताए ।

कार्यक्रमका अवसरमा निर्धन उत्थान लघु वित्त वित्तीय संस्था प्रदेश नम्बर ५ का कार्यक्रम अधिकृत जिताराम गौतम, प्रेम सुवेदी, विद्यार्थी नेता एवं समाजसेवी विरवल खड्कालगायतले बोलेका थिए । तालिम संस्थामा आवद्ध रहेका महिला सदस्यहरुलाई व्यावसायीक रुपमा सक्रिय बनाउनका लागि तालिमको सञ्चालन गरिएको हो । कार्यक्रम बुधबारदेखि शुक्रबारसम्मका लागि तुलसीपुरमा सञ्चालन भईरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here