मुख्यमन्त्रीज्यू, ‘कर्मचारी सुधार्नुस्’

मुख्यमन्त्री र निर्माण व्यवसायीबीच जुहारी … घोराही, १४ मंसिर । बिहीबारदेखि घोराहीमा सुरु भएको निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर ५ को उद्घाटन कार्यक्रममा मुख्यमन्त्री र निर्माण व्यवसायीहरु बीच जुहारी चलेको छ । कार्यक्रममा निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष लक्ष्मण राणाले ‘निर्माण व्यवसायीले काम गरेनन् भनेर मात्र हुँदैन्, पहिले कर्मचारी सुधार्नुस्, अनिमात्र विकास निर्माणले गति लिन सक्छ । विकास […]

Continue Reading

अझै सुध्रिएन मासु मार्केट

कुकुरदेखि सुंगुरसम्मको रजाइ तुलसीपुर, १४ मंसिर । मुल सडकसम्मै पूरै गन्ध  । केही मिटरभित्र रहेको बधशालामा रांगा, सुंगुर, कुकुर, भैसीसँगै एकै स्थानमा छन् । बिहान बध भएका पशुको गोबर बधशाला क्षेत्र र मासु पसलसम्म छरिएको छ । मासुहरु जथाभावी राखिएको छ । केही भुइँमा, केही खिया लागेको फलामले झुण्डाइएको अवस्थामा छ । मासुमा झिंगा, माखा, र किराहरु धुमिरहेका छन् । मासु […]

Continue Reading

नेकपाको प्रदेश कमिटी विस्तार

घोराही, १४ मंसिर । नेकपाको प्रदेश कमिटीमा दाङबाट २५ जना सदस्य मनोनित भएका छन् । नेकपाले सार्वजनिक गरेको नाममा नेकपा एमालेका तर्फबाट १६ र नेकपा माओवादी केन्द्रबाट ९ जना सदस्यमा सिफारिस भएका छन् । नेकपाको प्रदेश कमिटीमा दाङबाट जोगबहादुर राना, रेवतीरमण शर्मा, शारदा स्वर्णकार, मेनका पोखरेल, देवी पोखरेल, सरस्वती गौतम, टोपेन्द्र केसी, गिरिराज केसी, टीकाराम […]

Continue Reading

व्यवसायीको हत्या

घोराही, १४ मंसिर । दाङमा एकजना व्यवसायीको बिहीवार बेलुका चक्कु प्रहार गरी हत्या भएको छ । दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेका अनुसार ४५ बर्षीय नन्दबहादुर घर्ती मगरको चक्कु प्रहारबाट हत्या भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ लामिडाँडाको दुधेसोतामा घर्ती गम्भीर घाइते अवस्थामा फेला परेका थिए । उनलाई तत्कालै राप्ती स्वास्थ्य […]

Continue Reading

क्षयरोगबारे जानकारी छैन गाउँमा

देउखुरी, १४ मंसिर । ग्रामीण भेगका प्रायः मानिसहरु क्षयरोगभन्दा अलमल पर्ने तर टिबीभन्दा झट्ट बुझ्ने गरेको पाइएन्छ । क्षयरोग कसरी सर्छ यो रोग लागेपछि कसरी उपचार गर्नु पर्दछ ? भन्ने बारेमा आफूहरुलाई जानकारी नभएको देउखुरीमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । गाउँघरमा टिबी भनेको आफूले सुनेको तर कार्यक्रममा टिबीको अर्काे नाम क्षयरोग हो भनेको सुन्दा अचम्म लाग्यो देउखुरीको […]

Continue Reading

तकियापुरमा डिपबोरिङ, घर–घरमा धारा

तुलसीपुर, १४ मंसिर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ तकियापुरकी अमृता केसीलाई सामूहिक धारामा पानी भर्नका लागि सधै लामो समय पालो कुर्नुपथ्र्यो । कहिलेकाही पानीकै कारण खाना पकाउन ढिला हुँदा बच्चाहरु समयमा विद्यालयसमेत जान पाउदैन थिए । तर तुलसीपुर उपमहानगरको सहयोगमा तकियापुर खानेपानी तथा सरसफाई समितिले डिपबोरिङ निर्माण गरेर घर–घरमा धारा जोडेपछि भने उनको सबै टन्टा हराएको छ । […]

Continue Reading

बेपत्ता पुनको खोजी गरिदिन परिवारको आग्रह

घोराही, १४ मंसिर । घोराही उपमहानगरपालिका–१३ सेवार तुुरुन्तपुुरका १६ वर्षिय सुुवास पुन दुुई हप्तादेखि बेपत्ता भएका छन् । गत मंसिर २ गते घरबाट साथीहरुसँग प्युूठानको स्वर्गद्वारी घुम्न गएको र घर फर्कने क्रममा बाटोबाटै हराएका पुन अझैसम्म सम्पर्कमा नआउँदा परिवार चिन्तित बनेको छ । सुवास र उनका साथीहरु गत कात्तिक ३० गते स्वर्गद्वारी हिडेर गएको र […]

Continue Reading

सार्वजनिक सेवामा अतिरिक्त दस्तुर

काठमाडौँ, १४ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा सेवा लिँदा अतिरिक्त दस्तुर तिर्नुपर्ने अवस्था विद्यमान रहेको भन्दै तत्काल सुधारको आवश्यकता औँल्याएको छ । आयोगले सरकारी कार्यालयमा विचौलियाको बिगबिगी कायमै भएको भन्ने गुनासो सेवाग्राहीले गरेकाले सार्वजनिक सेवा प्रवाहमा सुधारको आवश्यकता देखिएको जनाएको छ । नागरिकको गुनासोलाई सम्बोधन गर्ने विषयमा सेवाप्रवाह तथा विकास निर्माण सम्बद्ध विभिन्न ३४ वटा […]

Continue Reading

वडा अध्यक्ष बुढाको निधन

घोराही, १४ मंसिर । घोराही उपमहानगरपालिका—१६ का वडा अध्यक्ष लक्षिनप्रसाद बुढा मगरको निधन भएको छ । गएको जेठ महिनादेखि बिरामी भएका वडा अध्यक्ष बुढा मगरको बिहीवार राति निधन भएको हो । २०७४ असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा घोराही–१६ को वडा अध्यक्ष पदमा निर्वाचित बुढा मगरले वडामा नमुना काम गर्दै आएका थिए । विभिन्न रोगले ग्रसित बुढा मगरको […]

Continue Reading

ऋणमा उद्यान

सम्पादक पर्यटकीय गन्तब्य समृद्धिका पहरेदार हुनु । यिनको विकास, संरक्षण र पूर्वाधारमा सबैले ध्यान दिनुपर्छ । स्थानीय स्तरले प्रयासमा बनेका पर्यटकीय तथा धार्मिक गन्तब्यलाई राज्यले पूर्णरुपमा ध्यान दिनुपर्छ । पर्यटकीय विकासले मात्रै पनि त्यस क्षेत्रको कायापलट गर्न सकिन्छ । तर दाङको आकर्षक पर्यटकीय स्थल अहिले ऋणमा डुबेको छ । तुलसीपुरमा रहेको राप्ती शान्ति उद्यान पार्कमा अहिले पूर्वाधारको अभाव त छदै […]

Continue Reading