Saturday, March 15, 2025
Homeसाहित्यसेल्फी उपन्यासको विमोचन

सेल्फी उपन्यासको विमोचन

- Advertisement -spot_img

घोराही, ११ भदौ । पत्रकार तथा साहित्यकार सविन प्रियासनको पछिल्लो उपन्यास सेल्फीको घोराहीमा विमोचन गरिएको छ । उदाहरण समूह, नेपालको आयोजनामा कार्यक्रम गरेर सेल्फी उपन्यासको विमोचन गरिएको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, व्यवसायी खड्ग बुढाथोकी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, उपन्यासकी पात्र बन्दना डिसी र उदाहरण समूह, नेपालकी अभियान्ता संगीत मगरले पुस्तकको विमोचन गरेका हुन् । अभियान्ता संगीत मगरको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकको समीक्षा अभियान्ता घनश्याम अस्तित्वले गरेका थिए । समीक्षा गर्दै साहित्यकार अस्तित्वले मध्यपश्चिम क्षेत्रमै आख्यान लेखनमा अब्बल बन्दै गएका प्रियासनको पछिल्लो उपन्यास सामान्य विषयमा लेखिएको असामान्य उपन्यास रहेको बताए । घोराही निवासी बन्दना डिसीको जीवन भोगाईलाई उपन्यासमा उतार्नु आफैमा महत्वपूर्ण कार्य भएको भन्दै यसले समग्र राप्ती साहित्यको विकास र उत्थानमा ठूलो भूमिका खेलेको बताए । प्रियासनको पछिल्लो समयमा एकपछि अर्को गर्दै प्रकाशित भैरहेका पुस्तकले यसक्षेत्रकै विकास र सकारात्मक सोँचमा टेवा पु¥याउने बताए । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले उपन्यासको पात्र स्वयम् विमोचन कार्यक्रममा उपस्थित भएर म पात्र हुँ भनेको दुर्लभ घटना भएको बताए । इतिहासका विभिन्न कालखण्डहरुमा भएका गतिविधि र ब्यक्तिहरुको विषयमा उपन्यास बने पनि एउटा सामान्य ब्यक्तिहरुको बारेमा पुस्तक बन्नु महत्वपूर्ण विषय भएको बताए । यस्तै कार्यक्रममा विशिष्ठ अतिथि प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम र उद्योगी, व्यवसायी खड्ग बुढाथोकीले सेल्फी उपन्यासले मानिसलाई आत्मनिर्भर बनाउन सिकाउने सिद्धान्त रहेको बताए । यसले सामाजिक जीवनका सकारात्मक प्रभाव पार्ने बताए ।कार्यक्रममा लेखक सविन प्रियासनले सेल्फी मोवाइलबाट आफूले आफ्नै फोटो खिच्नु जस्तै जीवनमा पनि आत्मनिर्भर हुने सिद्धान्तको विषय सेल्फी उपन्यास रहेको बताए । बन्दना डिसी र उनको परिवारले गरेको सफलता प्राप्तीको संघर्षलाई उपन्यासमा बुन्न पाउँदा खुशी ब्यक्त गरे । साथै उपन्यासकी पात्र बन्दना डिसीले समेत आफ्नो कथा उपन्यासमा आउँदा खुशी लागेको बताइन् । उदाहरण समूह, नेपालका अभियान्ता हिरासिंह रानाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अभियान्ता नवीन अभिलाषलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here