घोराही, ११ भदौ । घोराहीमा सञ्चालित एकहप्ते ‘फिल्म मेकिङ वर्कशप’ सम्पन्न भएको छ । जी फाइभ ग्रुप डी फिल्मस प्रालि दाङको आयोजना र कान्तिपुर फिल्म एकेडमीको प्राविधिक सहयोगमा भएको एकहप्ते फिल्म वर्कशप सम्पन्न भएको हो । कान्तिपुर फिल्म एकेडमीका अध्यक्ष एवं फिल्म निर्माता÷निर्देशक छविराज ओझाको अध्यक्षता एवं रेडियो स्र्वगद्वारीका प्रवन्ध निर्देशक दधिराम सुवेदीको प्रमुख आतिथ्यमा वर्कशप सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले मोफसलका प्रतिभाहरुको खोजी गर्दै काठमाडाँै बाहिर पनि लाकारिताको खोजी गर्ने कार्य आफैमा सह्रानीय भएको बताउँदै यस्ता कार्यले मोफसलका प्रतिभाहरुलाई बाहिर आउन सहज हुने बताएका थिए । वरिष्ठ फिल्म निर्माता÷ निर्देशक छविराज ओझाले दाङ फिल्म नगरीको रुपमा रहेको बताउँदै कलाकार उत्पादन गर्ने कलाकारितालाई माया गर्ने थलोको रुपमा दाङलाई लिएको बताए । कार्यक्रममा सहभागीहरुले निरन्तरको प्रयास, अनुशासन र साधनाले हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिने भएकाले आफूलाई स्थापित गर्न हरेकले त्यसतर्फ ध्यान दिनुपर्ने बताएका थिए । विभिन्न जिल्लाका १६ जना कलाकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको प्रशिक्षकमा विवेक खड्का, शंकर धिताल, प्रकाश पुरी र संजोक रसाइली थिए । कार्यक्रमको सहजीकरण प्रेमनाथ चलचित्रका गणेश बेल्वासेले गरेका थिए ।
Stay Connected
Must Read