Thursday, May 16, 2024
Homeफिचरनसा–नसामा गीत, संगीतः खड्का

नसा–नसामा गीत, संगीतः खड्का

- Advertisement -spot_img

कुनैबेला नेपाली गीत, संगीतमा चलेको नाम हो, गेहेन्द्र खड्का । गीत, संगीतमा मात्र होइन उनले सञ्चार क्षेत्रमा पनि राम्रो प्रभाव जमाएका थिए । खड्काले आईफोन वालीले, तिमीलाई सम्झिएर, तिमी विना तिम्रो कसमजस्ता लोक तथा आधुनिक गीतमा आवाज दिएका छन् । र यी गीत सर्वाधिक चर्चामा पनि छन् । दंगीशरण गाउँपालिका–२ गोल्टाकुरी निवासी खड्का हाल यु.ए.ई. मा छन् । उनै खड्कासँग संगीत र सञ्चारका बारेमा प्रदेश टुडे संवाददाता पूर्ण केसी ‘मुस्कान’ले गरेको कुराकानीको ।

संगीत र सञ्चार क्षेत्रबाट हराउनु भयो नि ?

हजुरले भनेको कुरा ठिकै हो । म सञ्चारबाट हराएको छु, तर गीत, संगीतबाट हराएको छैन । संगीतमा ग्यापिङ चाहिँ भएकै हो । म अहिले विदेशमा छु, तर नेपाली गीत, संगीत, नेपालीपन मेरो मनमा सधै नै रहन्छ । म रहरले प्रदेशिएको होइन, विभिन्न कारणले नेपाल छाड्नु परेको हो । मैले विदेशमा हुँदा पनि केही गीत बजारमा ल्याएको छु । उदाहरणको लागि तीज गीत आईफोन वालीले, विश्वमा प्रविधिले फड्को मारेको छ र त विदेश भएर पनि नेपालमा गीत पठाउन सम्भव भएको छ । प्रविधिको तिव्र विकासले गर्दा विश्व अहिले नजिक भईसक्यो । गीत, संगीत र मिडियादेखि बेखबर भइरहदा अब चाँडै कम ब्याक हुने तयारी गर्दैछु ।

संगीत अनि सञ्चार यात्रा कहिलेबाट सुरु गर्नुभएको हो ?

मैले औपचारिक रुपमा संगीत यात्रा २०६० सालबाट सुरु गरेको हुँ । र सञ्चार यात्रा चाहिँ २०६४ बाट शुभारम्भ भएको हो । म लामो समयसम्म रेडियो तुलसीपुरमा सहायक प्राविधिक प्रमुखमा रहेर काम गरे । दाङमा मेला महोत्सव हुँदा गेहेन्द्रलाई बोलाउनुपर्छ है, त्यसले रमाईलो गराउँछ भन्ने सबैले, बोलाउथे । संगीत र सञ्चारलाई कसरी बुझ्नुहुन्छ ? संगीत र सञ्चार एउटै एउटै फिल्ड हुन् । दुबैको लत मलाई लाग्यो । मलाई यी दुबै क्षेत्र नशाजस्तै लाग्छ । र मेरो नशा–नशामा संगीत र सञ्चार छ । यो भन्दा टाढा जान सक्दैन । मनले मान्दैन ।

संगीत र सञ्चारमा भविष्य नदेखेरै विदेशतिर लाग्नु भएको हो ?

पक्कै पनि राम्रो प्रश्न गर्नुभएको छ । म खासमा नेपालमै बसेर संगीत र सञ्चार क्षेत्रबाट केही गर्छु करियर बनाउँछु भनेर लागे, तर गर्दा–गर्दा पछि के भईदियो भने यो क्षेत्रमा नाम त भयो तर दाम भएन । नामले खान दिदैन फेरि दाम पनि चाहियो । मिडियाबाट आएको पैसाले नपुग्ने अनि एउटा गीत गर्न धेरै पैसाको जोहो गर्नुपर्ने त्यसैले केही समय ईच्छालाई मारेर विदेश आए । त्यतिबेला मलाई के लाग्यो भने पहिला पैसा अनि नाम भन्ने दिमागमा आयो अनि विदेसिए । अहिले नेपालमा आफूले गर्दै आएको जस्तै प्रविधि क्षेत्रसँग सम्बन्धित काम गरिरहेको छु । राम्रै छ । अब चाँडै नेपाल फर्कदै छु । तर अहिले पहिले जस्तो छैन समय गतिशील छ । पछिल्लो समय सञ्चार र संगीत दुबैमा सम्भावना देखेको छु र केही गर्ने छु पक्कै ।

अन्त्यमा केही भन्नैपर्ने कुरा छुट्यो कि ?

म दाङको कलाकार हो । सबै कुरा आर्थिकसँग जोडिएकाले र मेरो बाध्यताले केही समय विदेशको यात्रा गर्नुप¥यो । नेपालीपन जीवितै छ । फेरि गीत, संगीतकै क्षेत्रमा चाँडै आउँदै छु । सञ्चार क्षेत्र पनि रुचिको विषय हो । मैले कलाकारिता र सञ्चार यात्रामा गरेको अनुभव अभिव्यक्त गर्न पाए, स्थान दिएकोमा प्रदेश टुडे परिवारलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here