सपना बोहरा
शिरमा नेपालीको सान ढाका टोपी । अनि नेपाली पोशाक दाउरा सुरुवालमा सजिएर कहिले क्यानडा त कहिले अमेरिकाको ठूला–ठूला सहरमा नेपाली संस्कृतिको प्रचारप्रसारमा व्यस्त हुन्छन् । गर्व गर्छन् नेपाली हुनुमा । अनि सबै चिन्ने, देख्नेगरी आम नेपालीको सपनाको देश अमेरिका तथा क्यानडामा नेपाली पोशाकमै देखिन्छन् उनी । अनि साथमा छ एउटा नेपाली ट्रक । क्यानडा र अमेरिकामा नेपाल भनेर चिनाउने व्यक्ति हुन् साविक दाङको हलवार–७ लामिदमारमा नरबहादुर टण्डन । विगत पाँच वर्षदेखि अमेरिका र क्यानडाको विभिन्न सहर र गल्ली गल्लीमा नेपाली संस्कृति झल्काउँदै पुग्छन् उनी । उनी यही कामको कारण उत्तर अमेरिकाका नेपाली र रैथानेमाझ चर्चाको विषय बनेका छन् ।
सन् १९६९ मा साविक दाङको हलवार–७ लामिदमारमा लालबहादुर टन्डन र ताराकुमारीका सन्तानको रुपमा जन्मिएका हुन् । उनले श्री जनश्रम मावि खाद्रे दाङबाट एसएलसी उत्तीर्ण गरेका थिए । त्यसपछि उच्च शिक्षाको लागि २००५ पढ्न क्यानाडा छिरेका थिए । दुई वर्ष नेपाल सरकारको पर्यटन दूत भएर काम गरिसकेका छन् । त्यसपश्चात् पनि उनले नेपालको पर्यटन प्रचारप्रसार अभियानलाई निरन्तर रुपमा चलाईरहेका छन् । ओहो नेपाली ! नेपाल कहाँ छ ? ओहो नेपाल ! तिमी नेपाली ? कति खर्चमा नेपाल घुमेर आइन्छ भन्ने जवाफ दिनमै भ्याई नभ्याई हुन्छ । सन् २०१२ को जनवरी महिनादेखि आफूले कुदाउने बडेमानको मालबाहक ट्रकमा नेपालका पर्यटन, संस्कृति र सम्पदाका आकर्षक फ्लेक्स तस्विर टाँसेर नेपाललाई अमेरिकी र क्यानडेलीकामा ‘नेपाल इज अ ब्युटीफुल कन्ट्री’ भनेर चिनाउन सफल भएका छन् । उनी जहाँ–जहाँ पुग्छन् । साथमा सिंगो नेपाल अनि नेपाली ट्रक हुन्छ । नेपालको पर्यटनको प्रचारप्रसार अभियानमा लागेका टण्डन केही दिन पहिले क्यानाडाको पश्चिमी राज्य अल्बर्टाको राजधानी एडमन्टनमा उस्तै नेपाली भएर देखिएका थिए । साथमा थियो ५३ फिट लम्बाई र ८.५ फिट चौडाई भएको दैंत्याकार ट्रक ।
ट्रकको देब्रे पाटोमा छन् फेवाताल र माछापुच्छ्रेको मनमोहक वाइड कभरेज दृश्य अनि साथमा छन् एकसिंगे गैंडा, पाटेबाघ, प्याराग्लाइडिङ, पदयात्रा, ¥याफ्टिङ र रक क्लाइम्बिङका मानमोहक दृश्य । त्यति मात्रै होइन् ट्रकमा लेखिएको छ पर्यटनको नारा छ– ‘नेचरल्ली नेपाल, वन्स इस नट इनफ ।’ अनि दाहिनेपट्टि राखिएको छ सगरमाथाको अर्को वाइड कभरेज सजिव तस्विर । देवी कुमारी, बैद्ध स्तूप, पाटन दरबार र पशुपतिनाथ अनि साथमा लेखिएको छ– ‘भिजिट याडभेन्चर्स’ नेपाल ट्रकको पछाडि भागमा सगरमाथाको तस्विरसहित अंग्रेजीमा नेपाल लेखिएको छ । यनि यसरी नै अमेरिका र क्यानाडाका सबैजसो राज्य र सहर पुगिसके छन् । जहाँँ–जहाँ पुगे त्यहाँ नेपाल बोकेरै गए । विदेशी मुलुकमा नेपाल एउटा गरिब देश हो भनेर चिनिदा ‘नेपाल ईज अ व्युटीफुल कन्ट्री भनेर चिनाउन सफल भएका छन् । शुरु–शुरुमा उनलाई निकै संघर्ष गर्नुप¥यो । पहिलो आफू स्थापित हुन र नेपाललाई चिनाउन । ‘संघर्ष नगरेर त कोही पनि सफल हुन सक्दैन्’ उनले प्रदेश टुडेकर्मीसँग फोनमा भने ‘मानिसले जति संघर्ष ग¥यो त्यति नै सफल पाउने हो ।’ जब अमेरिकामा नेपाली पर्यटन् दूत अनि नेपाली ड्राइभर भनेर चिनिन्छन् उनले विगतमा गरेका सबै संघर्ष भुल्छन् ।
शुरुमा नेपालको सबै पर्यटकीय स्थलहरु ट्रकमा टाँसेर अमेरिका तथा क्यानडा सहरमा प्रचारप्रसार गर्दा सबै नेपाली तथा क्यानडियली र अमेरिकी नागरिकहरु अचम्म मानेर हेर्ने गर्थे । सबैको नजर उनी र उनको ट्रकमा पर्दा कस्तो अनौठौ मानेर हेर्थे उनलाई । तर उनलाई कुनै फरक परेन । किनभने उनलाई नेपाल चिनाउनु थियो । पहिलोपटक टन्डन अमेरिकाको सीमा नाकामा पुगे । त्यहाँको सीमा अधिकारीले उनलाई केही समय लिएर बिशेष सोधपुछ गरे । ‘त्यो बेला अति नै डर लागेको थियो, अब कुनै समस्यामा पर्ने हो की भनेर’ उनले संघर्ष गरेको सुनाउँदै भने ‘ट्रक सजाउनको लागि नेपालको पर्यटक स्थलका चित्र टाँसेको हँु र नेपालको पर्यटन प्रचारको सोझो उद्देश्यबाहेक केही होइन ।’ टन्डनको जवाफ सुनेपछि सीमा अधिकारीहरु आफ्नो देशको प्रचार गर्न नयाँ शैली भनेर प्रशंसा गर्दा झनै काम गर्न हौसला आयो उनले भने । ‘मलाई नेपाली हुनुमा गर्व छ, त्यसै मेरो ट्रकको प्रचार हेरर अमेरिका तथा क्यानडाका नागरिहरु नेपाल घुम्न जाउन अनि केही डलर खर्च गरुन् भन्ने मात्र मेरो स्वार्थ हो’ उनले भने ।
नेपाल बोकेर चिल्ला, फराकिला र उनी उत्तर अमेरिकी राजमार्गमा १२० किलोमिटर प्रतिघण्टाको गतिमा हुइकिन्छन् उनी । अमेरिका र क्यानाडाका सबैजसो ठूला सहरमा बस्ने नेपालीका संगठनले उनलाई बोलाउँछन् । एउटा कोणसभा जस्तो सानो कार्यक्रम बनिहाल्छ जहाँ नेपालीका साथमा हुन्छन् स्थानीय उत्सुक आँखाहरु बडेमानको ट्रकमा टाँगिएको सांग्रीलाको देश हेर्न ।
यति भनिरहदा उनि आफनो अभियानप्रति प्रष्ट देखिन्छन् । र सबैलाई प्रस्ट्याएका छन् । यो अभियान देखेर धेरै अमेरिकी र क्यानेडेलीहरु नेपालको बारेमा सोध्ने र नेपाल भ्रमणमा जाने प्रेरित भएकोसमेत बताए । आफ्नो यो अभियानले निकै आशावादी छन् उनी । पहिलो कुरा त नेपाल भनेर चिनाउन पाएका छन् । दोस्रो कुरा त्यहाँका नागरिकरुलाई भ्रमणको लागि प्रेरित गरिरहेका छन् । नेपाल बोकेर चिल्ला, फराकिला र उनी उत्तर अमेरिकी राजमार्गमा १२० किलोमिटर प्रतिघण्टाको गतिमा हुइकिन्छन् उनी । अमेरिका र क्यानाडाका सबैजसो ठूला सहरमा बस्ने नेपालीका संगठनले उनलाई बोलाउँछन् । एउटा कोणसभा जस्तो सानो कार्यक्रम बनिहाल्छ जहाँ नेपालीका साथमा हुन्छन् स्थानीय उत्सुक आँखाहरु बडेमानको ट्रकमा टाँगिएको सांग्रीलाको देश हेर्न ।
उनलाई पोष्टर बनाउन धेरै डर लाग्ने भएकाले अमेरिकाका नेपाली राजदूतले संस्थागतरुपले अभियानलाई सघाउन दिएको एक हजार डलर र क्यानाडाका राजदूतले व्यक्तिगत हिसाबले दिएको तीन सय डलर सम्झिए । आफूले गरेको काम सरकारले नि थाहा पाओस् भनेर गत अगस्टमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी अमेरिका आएको मौका पारेर टन्डनले नेपाल बोक्ने ट्रक देखाउनसमेत भ्याए । ‘राम्रो काम गर्नुभएको रहेछ, नेपालको पर्यटन प्रचारप्रसारको लागि केही योजना बनाउँछौ, सम्पर्कमा रहनुहोला भनेको यो शब्द कहिले बिर्सदैनन् उनी । उनले मिनी नेपालको नामाकरणसहित प्रचारप्रसारलाई तिब्र पार्दै आइरहेका छन् । नेपाल सरकार र एनआरएनएले सहयोग गरेमा यो मिनी नेपाल अमेरिका र क्यानडाको सहरहरुमा मात्र नभएर विश्वको हरेक कुनामा पुग्ने छु,’ टन्डनले भने, ‘यसले नेपालको पर्यटन प्रवद्र्धनमा अहम् भूमिका निभाउने छ भन्ने मैले विश्वास लिएको छु ।’ उनले चीनका लागि नेपाली महावाणिज्यदूत रविन भट्टराईको पहलमा चीनको सहरमा मिनी नेपाल नाम दिएर बस गुडाउने काम अत्यन्तै प्रशंसनीय रहेको बताउँदै चीनको अन्य सहरमा पनि यस्तो कार्यक्रम भइदिए अझ राम्रो हुने टन्डनले बताएका छन् । उनी अहिले स्थायी रुपमा क्यानडाको अन्टारियो प्रान्तको ब्रामटन सहरमा बस्छन् । विगत दुई बर्षदेखि क्यानडाको ओन्टारियो सहरमा बहु साँस्कृतिक तथा व्यापारिक मेलामा सहभागिता हुँदै आइरहेको नेपाल पर्यटन बोर्ड क्यानडाले यस बर्ष पनि सहभागिता जानाउने उनले बताए ।