सुरज सुनार (कक्षाः८)
सिरसिरे बतास चल्यो हेर सिरसिरे सबैको मन मुटुमा
हुर्केको मान्छे बताससँगै अब कसरी छुटु म ?
खेलेको मान्छे सधैभरि यही बतासकोे काखामा
सजाएछु सपना मैले सिरसिरे बतासको भाकामा
सिरसिरे बतासमा भुलिरहेका आकाशका बादलहरु
उसैको संगीतमा बजिरहेको ति मुरली डम्फु मादलहरु
सिरसिरे बतासको चञ्चलतासँगै डाँफे, मुनाल बोलिरहेको आफ्ना
मीठा भाकाहरु सुरिलो आवाजमा खोलिरहेका
उडाएछ सिरसिरे बतासले सुनपङ्खी चरीलाई
आकर्षित पारेछ सिरसिरे बतासले धर्तीकी परीलाई
सिरसिरे बतासले शितल झरीलाई धर्तीमा झारेछ
मन सारा जीवजन्तुले सिरसिरे बतासतिरै सारेछ