Sunday, December 15, 2024
Homeफिचरशालिकरामको तीज कोसेली

शालिकरामको तीज कोसेली

- Advertisement -spot_img

साली हो बरको छायाँले …
निद लाग्दैन, भोक लाग्दैन तिम्रो मायाले …

गीतबाट चर्चामा आउन सफल गायक शालिकराम चौधरीले पछिल्लो समय तीजको गीत बजारमा ल्याएका छन् । २०५६ सालबाट गीत, संगीतमा लागेका शालिकरामले पछिल्लो समय हिन्दू नेपाली नारीको महान् पर्व तीजलाई लक्षित गरेर ‘तीजको गीत पनि गाउने भयो शालिकराम’ भन्ने बोलको गित बजारमा ल्याएका हुन् । क्याम्पसमा पढ्ने युवायुवतीको माया प्रेमको कथावस्तुमा आधारित हरे शिव हरे हरे हरे राम राम, तीजका गीत पनि गाउने भयो शालिकराम तीजको गीतमा गायीका रचना चौधरीले स्वरमा साथ दिएकी छन् । तीजका गीत पनि गाउने भयो शालिकराम बोलको गीत तीजको कोसेली केहि दिन अघि मात्रै युट्युबमार्फत सार्वजनिक भएको छ । समसामयिक विषयमा आधारित गीत भएका कारण पनि श्रोता तथा दर्शकको मन जित्ने उनले दाबी गरेका छन् ।

क्याम्पस पढ्न जाँदा खेरी बाटो धेरैै टाढा छ ..
नआउ, नआउभन्दा पनि माया गाढा छ …

जस्ता शब्दले पनि क्याम्पसमा पढ्ने युवायुवतीको प्रेमलाई प्रष्ट पारेको छ । चौतारी शितलु, बग्दैछ राप्तीभेरी, घुगुती नबासलगायत करिब डेढ दर्जनमा गीतमा आवाज दिएका शालिकरामको पछिल्लो कोसेली तीजका गीत पनि गाउने भयो शालिकरामले पनि चर्चा कमाउने देखिएको छ । सानै उमेरमा गीत, संगीतमा रुचि राख्ने शालिकरामलाई साली हो बरको छायाँले बोलको गीतले चर्चामा ल्याएको थियो । उनी भन्छन्– ‘त्यो समय बजारमा यो गीतले निकै चर्चा कमाएपछि मलाई झन् हौसला मिल्यो ।’ विद्यालयमा हुँदा खुल्ला गीत प्रतियोगितामा म दोस्रो भएँ अनि म पनि गीत संगीतको क्षेत्रमा केही गर्न सक्छु भनेर यो क्षेत्रमा लागेको हुँ उनले भने ‘सबैको सामु परिचित हुन पाएको छु यही नै मेरो उपलब्धि हो ।’ दाम नभएपनि नाम पाएको छु उनले भने ।

शालिकरामका नेपाली भाषाका गीत मात्रै होइन् थारु भाषाका धेरै गीतहरु पनि बजारमा छन् । गीत संगीतको यात्रामा करिब डेढ दशक पार गरिसकेका गायक शालिकरामको पछिल्लो गीत तीजका गीत पनि गाउने भयो शालिकराम बजारमा आएको हो । उनको प्रत्येक वर्ष कम्तीमा एक गीत बजारमा आउने गरेको छ । थुप्रै गीतबाट चर्चा कमाउन सफल शालिकरामको पछिल्लो तीजको यो गीत भने पहिलो भएको बताएका छन् । प्रायः सबै विधामा दख्खल राख्ने उनले गाएको तीज गीत राम्रो र समय सान्दर्भिक भएको प्रतिक्रिया दिएका छन् । आधुनिक विधामा रुचि बढी भएपनि आधुनिक विधाको गीत पनि ल्याउने तयारी गरेको बताउँछन् । तीजको गीत हरे शिव हरे हरे हरे राम राम, तीजको गीत पनि गाउने भयो शालिकराम ठट्यौली भएकोले पनि युवाको मन जित्ने बताएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here