समृद्धिका लागि एक हुन तयार

काठमाडौँ, १५ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाडौँमा भब्यरुपमा सुरु भएको छ । नेपालसहित सात राष्ट्र सदस्य रहेको बिम्स्टेकको चौथो सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, थाइल्याण्डका प्रधानमन्त्री चा ओन चा, श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवम् […]

Continue Reading

अनुभव र प्रयासको वर्ष

संघीय संरचना अनुसार स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भएको छ । २०७४ साल असारमा भएको निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएको एक वर्ष पूरा भएको छ । २० वर्षदेखि जनप्रतिनिधिविहीन बनेको स्थानीय सरकार अहिले पूर्णरुपमा क्रियाशील रहेको छ । धेरै अपेक्षा, योजना र आश्वासन बोकेर आएका जनप्रतिनिधिहहरुको एक वर्ष कसरी बितेको छ । एक वर्षको […]

Continue Reading

अटो भिलेज अवलोकन गर्न चितवबाट दाङ

तुलसीपुर, १५ भदौ । तुलसीपुरमा निर्माण आरम्भ भएको आधुनिक अटो भिलेजको भरतपुर महानगरपालिकको टोलीले अवलोकन भ्रमण गरेको छ । नमुना अटो भिलेज निर्माणको काम सुरु भएको सुनेर अवलोकनका लागि चितवनको टोली दाङ आएको तुलसीपुर अटो भिलेज ब्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर महतराले जानकारी दिए । उनले अटो भिलेजको कामले तिव्रता पाएसँगै विभिन्न क्षेत्रबाट यसको अध्ययनका लागि आउनेक्रम बढिरहेको बताए । […]

Continue Reading

बेपत्ता नागरिकको खोजीमा राज्य उदासिन

तुलसीपुर, १५ भदौ । बेपत्ता परिवारका सदस्यहरुले आफ्ना सदस्यहरुको खोजीमा सरकारले चासो नदिएको आरोप लगाएका छन् । सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपा अर्थात तत्कालीन नेकपा माओवादीले शुरु गरेको सशस्त्र द्वन्द्वमा सहभागी भएको आरोपमा आफ्ना सदस्यहरु बेपत्ता भएको उनीहरुले बताए । राज्यको सबै बागडोर अहिले नेकपाको हातमा छ, खै ति बेपत्ता र सहिदहरुमाथि न्याय गरेका, उनीहरुको गुनासो […]

Continue Reading

शैक्षिक सुधारमा छलफल

घोराही, १५ भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर १९ ले अन्तर्राष्ट्रिय युवा वर्ष मावितोषको बुधबार अनुगमन गरेको छ । वडा अध्यक्ष हर्क जिएमको नेतृत्वमा गएको टोलीले विद्यालयको अनुगमनसँगै, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीसँग शैक्षिक सुधारका बारेमा छलफलसमेत गरेको थियो । अनुगमनमा शिक्षकहरु नियमित उपस्थित नहुने, विद्यार्थीलाई गृहकार्य नदिने, शिक्षकको हाजिर नभएको र विद्यालयमा […]

Continue Reading

खानेपानीका लागि बबईमा एक करोड

हापुरे (दाङ), १५ भदौ । बबई गाउँपालिकाले चालु आर्थिक बर्षमा खानेपानीका संरचना निर्माणका लागि एक करोड बढी रकम खर्च गर्ने भएको छ । गाउँपालिकाले एक बर्षमा एक करोड १४ लाख १० हजार रकम खर्च गर्ने योजना बनाएको हो । बबई गाउँपालिकाले सबैभन्दा धेरै वडा नम्बर १ मा छवटा खानेपानी आयोजनाका संरचना निर्माणका लागि रकम खर्च […]

Continue Reading

अवरुद्ध सडक खोल्ने तयारी

घोराही, १५ भदौ । घोराही उपमहानगरपालिका १९ को वडा कार्यालयले बर्षाले अवरुद्ध सडक सञ्चालनमा ल्याउने तयारी गरेको छ । बर्षाले वडा कार्यालय र सदरमुकाम घोराही जोड्ने सबै सडक बन्द भएको भन्दै त्यसको तयारी सुरु गरेको हो । सडक खण्डको विभिन्न ठाउँमा पहिरो गएको वडा सदस्य जंग रोकाले बताए । मसिना, कटुवाखोला धपाले, नयाँबस्ती रालबाङ, मर्पेश […]

Continue Reading

गुणस्तरहीन कालोपत्रे

सरकारी निकायबाट हुने गरेका कतिपय कामहरु गुणस्तरहीन भएको भन्दै बेला बखत चर्चा हुने गरेको छ । अहिले नेपालभरी नै निर्माणाधिन पुल, सडक र केही निर्माण कम्पनीको विषय गुणस्तर र जिम्मेवारीको बहस चलिरहेको छ । दाङमा पनि यस्ता गुणस्तरहीन कामहरु भएको सार्वजनिक भएको छ । स्थानीय तहले गरेका काम हुन या अन्य निकायबाट भएका काम हुन्, त्यस्ता कामहरुमा गुणस्तरियताको […]

Continue Reading

कालोपत्रे सडकमा खाल्डै खाल्डा

घोराही, १४ भदौ । गुणस्तरहीन कालोपत्र हुँदा भर्खर काम पूरा भएका कतिपय कालोपत्रे सडकमा सडकैभरी खाल्डाहरु पर्न थालेका छन् । कालोपत्रे उम्किएर खाल्डा भएका सडकहरु जिल्लामा धेरै देखिएका छन् । घोराही, लसीपुरलगायतका क्षेत्रमा रहेका मुख्य तथा सहायक सडकहरुमा यो अवस्था देखिएको छ । घोराही र तुलसीपुरको फोरलेन सडक त बन्दाबन्दै खाल्डाले भरिभराउ भएको छ । जिल्लाका अधिकांश सडकहरुमा भर्खरै गरिएको […]

Continue Reading

घर भत्किदा पाँचको मृत्यु

सल्यान, १४ भदौ । सल्यानमा घर भत्किदा एकै घर परिवारका पाँचजनाको ज्यान गएको छ । सल्यानको बागचौर नगरपालिका–४ सेतो गुराँसका रामसिंह कामीको घर भत्किदाका एकै परिवारका पाँचजनाको मुत्यु भएको छ । बुधबार राति आएको अविरल वर्षाले कामीको कच्ची घरको दिवाल भत्काउँदा भित्तासँगै खसेको काठको दलिनले कामीका पाँचजनाको परिवारलाई च्याएको थियो । दलिन र ढुंगाले टाउँकोम चोट लाग्दा ३९ बर्षिय […]

Continue Reading