दाङ ।
तम्घास सिमलधारी प्युठान सडक आयोजना गुल्मीका सब इन्जीनियर प्रकाश झालाई घुस सहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । एक सेवाग्राहीसंग एक लाख रुपैया घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिएको हो ।
शनिवार बिहान गुल्मीको तम्घासमा रहेको आफनै निवासमा सेवाग्राहीबाट निर्माण कार्यको रनिङ बील पास गरे वाफतको एक लाख रुपैया घुस लिदै गर्दा झालाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ ।
Stay Connected
Must Read