Saturday, March 15, 2025
Homeफिचरलमही नगरको लक्ष्यभन्दा बढी राजस्व

लमही नगरको लक्ष्यभन्दा बढी राजस्व

- Advertisement -spot_img

लमही, ९ साउन ।
लमही नगरपालिकाले आर्थिक बर्ष ०७४÷७५ मा लक्ष्यभन्दा १५ प्रतिशत बढी राजश्स्व संकलन गरेको छ । लमही नगरपालिकाले चालु आर्थिक बर्षमा १ करोड ५० लाखको लक्ष्य राखेको थियो । जसमध्ये मालपोत तथा भूमि करबाट ७९ लाख १५ हजार ४ सय ८ रुपैयाँ ९ पैसा, व्यवसाय करबाट २८ लाख ४१ हजार ४ सय ८७ रुपैयाँ ५० पैसा, व्यक्तिगत घटना दर्ता तथा पञ्जीकरणबाट १ लाख ५६ हजार १ रुपैयाँ, दर्ता तथा नवीकरण दस्तुरबाट ९ लाख २६ हजार ८ सय ८० रुपैयाँ, नक्सा पास दस्तुरबाट १ करोड ३ लाख ४८ हजार २ सय ८९ रुपैयाँ ५३ पैसा र सिफारिस तथा बक्सौनी दस्तुरबाट ५३ लाख ८४ हजार ५ सय ३२ रुपैयाँ ३३ पैसा अन्य करबाट जम्मा गरी ३ करोड १७ लाख ३१ हजार २ सय २४ रुपैयाँ ७४ पैसा राजस्व संकलन गरिएको लमही नगरपालिका राजस्व शाखा प्रमुख रेशम शर्माले जानकारी दिएका छन् ।
चालु आर्थिक बर्ष ०७५÷७६ मा नगरपालिकाले १० करोड रुपैयाँको राजस्व संकलन गर्ने लक्ष्य राखेको नगरपालिकाले बताएको छ । यो वर्षदेखि नगरपालिकाले वडा कार्यालयबाट काटिने नागरिकता सिफारिस दस्तुर निःशुल्क गरेको जानकारी दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले व्यवस्था गरेअनुसार आर्थिक वर्ष ०७५÷७६ देखि एकीकृत सम्पत्ति कर लगाउनुपर्ने व्यवस्था भए नगरपालिकाको दोस्रो नगरसभाले नगर क्षेत्रभित्रका जग्गाहरुलाई मूल्याङ्कनको वर्गीकरणका दररेट पास गरेर २०७५ साउन १ गतेदेखि लमही नगरपालिकाका नौवटै वडा कार्यालयबाट एकीकृत सम्पत्ती कर लिने व्यवस्था गरिएको छ । साथै सम्पूर्ण नगरबासीहरुले लमही नगरपालिकामा मालपोत कर बुझाउन जानुपर्ने व्यवस्थाको अन्त्य गरि आ–आफ्नो वडा कार्यालयबाट एकीकृत सम्पत्ती कर सिफारिस दस्तुरलगायतका कार्यहरु हुँदै आएको पनि लमही नगरपालिकाको राजस्व शाखाले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here