तुलसीपुर, ९ साउन ।
नेपाली काँग्रेस क्षेत्र नम्वर ४ को बैठक बुधबार तुलसीपुरमा सम्पन्न भएको छ । क्षेत्रीय सभापति जगतबहादुर खड्काको अध्यक्षतामा भएको बैठकमा काँग्रेस केन्द्रीय सदस्य शेखर कोईरालासाग साउन १० गते बिहान ८ बजे क्षेत्रीय पार्टी कार्यालयमा देशको समसामायिक राजनीतिक विषयमा पार्टीका कार्यकर्ताहरुसँग छलफल तथा भेटघाट कार्यक्रमको आयोजना गरिएकोले उपस्थितिको लागि सबैमा अनुरोध गरिएको छ ।
त्यस्तै बैठकले दाङ क्षेत्र नम्बर ३ ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य तथा पूर्व राज्यमन्त्री डिल्ली बहादुर चौधरी प्रदेश नम्वर ५ को सार्वजनिक लेखा समितिको सभापतिमा निर्विरोध निर्वाचित भएकोमा सफल कार्यकालको लागि बधाई तथा शुभकामनासमेत दिने निर्णय गरेको छ । साथै नेपाली काँग्रेस जिल्ला कार्यसमितिको निर्णय तथा निर्देशन अनुसार यही साउन १५ गते नेकपा नेतृत्वमा रहेको सरकारको अधिनायकवादको विरुद्धमा शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरिएकोले उक्त दिन बिहान ११ बजे पार्टीका नेता कार्यकर्ताहरुलाई कार्यक्रममा उपस्थितिको लागि समेत अनुरोध गर्नेे बैठकले निर्णय गरेको छ ।
Stay Connected
Must Read