Saturday, March 15, 2025
Homeमुख्य खबरबुढा परिवारलाई राहत

बुढा परिवारलाई राहत

- Advertisement -spot_img

तुलसीपुर, ९ साउन ।
वैदेशिक रोजगारीका क्रममा अमेरिकामा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ मिलन चोकका मरिचमान बुढाको परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । अमेरिकामा विगत सात बर्षदेखि रोजगारी गर्दै आएका बुढाको ०७५ बैशाख १६ गते बिरामी भई उपचारको क्रममा मृत्यु भएको थियो ।
बाँके घर भई हाल अमेरिकामा रहेका पत्रकार शेर बहादुर केसीको पहलमा अमेरिकामा रहेका नेपालीहरुबाट संकलन भएको ५ लाख २१ हजार १ सय २१ रुपैयाँको चेक बुधबार वडाध्यक्ष टोप बहादुर केसीको रोहवरमा मृतक बुढाका बुवा रास बहादुर बुढा र आमा बिनपुरा बुढालाई हस्तान्तरण गरिएको छ । रुकुमको तकसेराबाट बसाई सराई सरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा बसोबास गर्दै आएका बुढा परिवारलाई दाङका पत्रकार दुर्गालाल केसीको समन्वयमा उक्त रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष टोपबहादुर केसीले दुःखमा परेको परिवारलाई राहत स्वरुप रकम संकलन गरी हस्तान्तरण गरेकोमा सबैलाई धन्यवाद समेत दिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here