लमही, ८ साउन ।
मुस्ताङ दुर्घटनामा ज्यान गुमाएका दाङको राप्ती गाउँपालिकाका सुवेर चौधरीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । प्रदेश टुडे राष्ट्रिय दैनिक पत्रिका तथा धधध।भउचबमभकजतयमबथ।अयm मा प्रकाशन भएको सुवेरको परिवारको पीडादायी कथा समेटिएको समाचार पढेपछि अस्ट्रेलियामा बस्ने नेपालीहरु र काठमाडौँमा रहेका सहयोगी मनहरुले संकलन गरेर पठाएको रकम परिवारलाई हस्तान्तरण गरिएको हो । काठमाडौँका अजित कुमार भट्टराईको पहलमा संकलन भएको २३ हजार ३ सय २० रुपैयाँ सुवेरको परिवारलाई प्रदेश टुडेका सम्पादक गोपाल शर्मा भट्टाराईले घरमै पुगेर गाउँपालिकाका पदाधिकारीको रोहवरमा हस्तान्तरण गरेका हुन् ।
संकलन भएको रकम मृतक चौधरीको घरमै पुगेर मंगलबार एक कार्यक्रमको आयोजना गरी चौधरीकी श्रीमती देउमन्ती चौधरी (मनहरी) लाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्याक्रममा राप्ती गाउँपालिकाका प्रमुख नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोखरेल, वडा अध्यक्ष चन्द्र चौधरी र सम्पादक भट्टराईले संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् । आर्थिक अवस्था कमजोर भएका कारण र घर खर्च चलाउँदा लागेको ऋण तिर्न भनी ज्याला मजदुरी गर्न सुवेरु केही महिना अघि मुस्ताङ पुगेका थिए ।
जेठी छोरीले आर्थिक अवस्था कमजोर भएकै कारण कक्षा ९ मा पढ्दा पढ्दै विद्यालयसमेत छोड्नु परेको गुनासो पोखेकी छन । कान्छी छोरी र छोरालाई जेनतेन गरेर स्कुल पठाउने गरेको सुवेरुकी श्रीमती देउमन्तीले बताइन् । घरमा कमाईकाज गर्ने मान्छे नहुँदा नौ कक्षामा अध्ययनरत छोरा अहिले बर्षे बिदाको मौका पारेर बुटवल मजदुरी गर्न गएका छन् ।
रकम हस्तान्तरण कार्यक्रम गाउँपालिकाका अध्यक्ष सुवेदीले बीचमै पढ्न छोडेका सुवेरका छोरा छोरीलाई विद्यालयमा निःशुल्क पढ्नका लागि ब्यवस्था मिलाइने प्रतिवद्धता जनाए । आर्थिक अवस्था कमजोर भएको भन्दै राप्ती गाउँपालिकाले १५ हजार रकम सहयोग गरेको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।
त्यस्तै मुस्ताङ घटनामा ज्यान गुमाउने मृतकहरुलाई निर्माण व्यवसायीको तर्फबाट प्रतिव्यक्ति ५ लाख र राज्यबाट पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । सहयोग रकम बुझेकी चौधरीले सहयोग गर्ने ब्यक्तिहरुलाई धन्यवाद दिदै रकमको सही सदुपयोग गर्ने बताएकी छन् ।
Stay Connected
Must Read