घोराही, ७ साउन ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले मुलुकको अर्थतन्त्र धरायसी बन्दै गएको बताएका छन् । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले आयोजना गरेको संघीयता विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले संघीयताको नाममा मुलुकको अर्थतन्त्र धरासय बन्दै गएको बताएका हुन् ।
‘जेठ १५ गते सरकारले छुट्याएको बजेटमा प्रदेश सरकार नै सन्तुष्ट छैन्’ कार्यक्रममा उनले भने ‘सानो मुलुकमा संघीयता थेग्नै सक्दैन् ।’ साना मुलुक त्यसमा पनि कमजोर आर्थिकतन्त्र भएकाले नेपालमा संघीयताको कुनै औचित्य नभएको बताए । ‘नेपालमा नेताहरुले रहर वा आवश्यकताले संघीयता ल्याए’ उनले भने ‘त्यस विषय कुनै बहस नै नभएर संघीयता लागू गरिएको छ ।’ संघीयतामा प्रदेश सरकारको त कुनै तुक नै नभएको बताए । ‘संघीयताले प्रदेश सरकारको अर्थतन्त्र थेग्नै नसक्ने उनले बताए ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल कानून व्यवसायी संघका नुमानन्द आचार्य, सामुदायिक वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदी, नेपाली काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, वीपी चिन्तन केन्द्र दाङका अध्यक्ष विनोद पोख्रेल, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम जनमोर्चाका प्रवक्ता भरत भण्डारीलगायतले बोलेका थिए । उपाध्यक्ष महेश रिजालको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव वसन्त पौडेलले गरेका थिए ।
Stay Connected
Must Read