Friday, February 7, 2025
Homeफिचरआफनै जीवनको दौड

आफनै जीवनको दौड

- Advertisement -spot_img

भवानी न्यौपाने

गाउँको बीचमा सफा, ढुंगा विछ्याइएको ठूलो आँगन, घरहरु पनि पाँचवटा सबै फरक–फरक शैलीका । पहाडको सुन्दर गाउँ आँगन वरिपरि राता–राता गुलाब ढकमक फुलेको, फूलहरुको आनन्दमा भमरा आफ्नै गति गुनगुनाउँदै प्रत्येक फुलहरुसँग खेल्थे । अन्य जातका फूलहरु पनि मुस्कुराएर फुलेका थिए । फलफुलहरु लटरम्म फलेका, ठूलो बगैँचा । सुन्तला, केरा, स्याउ, नासपती, लौकाट, आँप, प्रशस्त फल्थे । विहान व्युझँदा उत्तरतिरको सुन्दर बजार खलंगा र त्यसको सिरानी बनाएको पवित्र सिस्ने हिमाल मुस्कुराएको देखिन्थ्यो । प्रभातको रातो क्षितिज, चिसो हावा, चिसो पानीका ठूला–ठूला अग्ला–अग्ला दुई धाराहरु घरदेखि अलिपर थिए । भव्य अग्ला घरहरुका पर्खालबाट सडकतिर हेर्दा आँखा घुम्थे । पर्खालका डिलहरुमा ठूला–ठूला चिल्ला ढुंगाहरु विछ्याइएको थियो । मानौं हामीलाई स्वर्ग त्यहि जस्तो भान हुन्थ्यो हामीलाई । प्रतिठिष्त विद्वान बुवा, आमा, बुवाको सामाजिक व्यक्तित्व, राजनीतिज्ञ, निकै भद्रशालीन र कुशल उहाँको कहिले रुखो र चर्को स्वर सुनिएन । सबैको प्रियपात्र । उहाँ चुनावमा उठेपछि गाउँलेहरु सबैले धेरै भोटको अन्तरले जिताउँथे । हजुरबुवाको देन पनि ठूलो छ, त्यस गाउँमा गरिब परिवारलाई जमिन अन्न, विद्यालय पाटीपौवा, सडक, मन्दिर, धर्मशाला उहाँका सम्झनामा अहिले पनि उस्तै छन् ।
बुवा अत्यन्त धार्मिक एवं सामाजिक व्यक्तित्व । मरिचमान नजिकको साथी । त्यस्तै धनराज भेडल, नेत्रलाल श्रेष्ठ बुवाका परम मित्र जिल्लामा सँगै विकास निर्माणका कामहरु गर्नुहुन्थ्यो । आफू हुर्केको जन्मेको ठाउँ छोड्न बुवालाई फिटिक्कै मन थिएन । हजुरबुवाकै पालादेखि दाङ मिरौलीमा घर जमिन थियो । बुवाआमा धेरैजसो सल्यान बस्नुहुन्थ्यो । विस्तारै हामी हुर्कन थाल्यौँ । काकाकाकीहरु छुट्टिएपछि हाम्रो हेरचाहका लागि सल्यान जिल्ला छोड्नु प¥यो । किनकि हामी श्रीगाउँ माविमा अध्यनरत थियाँैै । विस्तारै दिनहरु धमाधम बित्दै गए हाम्रो बसाई तुलसीपुर बजारतिर स¥यो । त्यतिखेर हामी सानै थियौँ । दाङ जिल्लामै बसेर अध्ययन ग¥यौँ । बुवाआमाले जन्म दिएको हामीलाई चार सन्तान, तीन छोरी एकछोरा ।

जीवन पनि कुमालेको चक्रझै रहेछ । छोटो नाटकीय मावन जीवन पनि कयौँ ठाउँ पुग्छ, कयौँसँग हुन्छ, कहाँ–कहाँ पुगिन्छ ठेगान नै नहुँदो रहेछ । मावि अध्ययन पश्चात कलेज सुरु हुनै लाग्दा शिक्षा आयोगमा नाम निकालियो ।


जीवनको प्रारम्भ भएको प्रिय भुगोल सल्यान छोडेर आउँदा गाउँलेहरु सबै भावुक हुँदै स्नेहका नुनिला विन्दुहरु खसाल्दै हाम्रो परिवालाई बिदाइ गरेका थिए । हाम्रो अध्ययन मावि. श्रीगाउँमा सुरु भयो । दश कक्षापछि महेन्द्र बहमुखी क्याम्पस घोराहीतिर शैक्षिक अध्ययनमा व्यस्त भइयो । स्कुल जीवनका साथीहरु सरिता भण्डारी जो मेरी परम मित्र थिईन । त्यतिखेर उनी र म हात समातेर जहाँपनि सँगैसँगै जान्थ्यौँ । त्यो सुन्दर बाल्यकाल मेरो शरीरका हरेक रक्तकोष भित्र सवाललै रहन्छ, अहिले पनि ऋषि कडेल, लोकराज, शिवा, उर्मिला, निर्माला, टोपजंग, अम्विका, रमिला, सुनिता, प्रकाश, रामलक्ष्मण, आदि मेरा कक्षा चारदेखि सँगै पढेका साथीहरु हुन् । सबै जागिरे छन् । अचेल कोही बेरोजगार भएर बसेका छैनन् । मावि श्रीगाउँ अत्यन्त चर्चित स्कुल त्यस बेलाको । त्यहाँ पढेका विद्यार्थीहरु अहिले नेपालका ठूला–ठूला सरकारी ओहदामा, स्वास्थ्य क्षेत्रका वरिष्ठ डाक्टर, वरिष्ठ साहित्यकार भएर उदाहरणीय जीवन बिताउँदै दाङको इज्जत राखेका छन् । आदरणीय सर भिष्म बहादुर केसी जो शिक्षाको क्षेत्रमा उच्च धरोहर हुनुहुन्छ । अत्यन्त उच्च, कर्मठ व्यक्तित्व, सबैका आस्थाका शिखर भिष्म सरको योगदानले त्यहाँ पढे्का विद्यार्थीहरु आज देशका चर्चित व्यक्तित्व भई दाङ जिल्लाका रत्नको रुपमा देखापरेका छन् । आदरणीय सर लिलाबहादुर डाँगी, विनोद शाह, लक्ष्मी नारायण ज्ञवाली, ऋषिराज आचार्य, गुरुङ सर, जापानी नागरिक शिष्ट व्यक्तित्व सुजुकी सर, हरिप्रसाद देवकोटा, मुलचन्द यादव त्यतिबेलाका गुरुहरुको योगदानले आज हरेक ओहदामा पु¥याएको छ धेरैलाई । भिष्म सर जो व्यक्तित्वलाई नजिक पाउँदा मेरो छाती गर्वले फुक्छ, आस्थाले शिर झुक्छ अनि हर्षका अश्रु टिल्पिलाउँछन् नयनभर, स्नेहले भरिन्छ । मेरो मृदुल हृदय आल्हादित हँुदै खुशीले मुस्कान पोखिन्छ । आफ्नो जन्मदिने बाबाको परम भित्र भएर होला भिष्म सर त्यो तुलसी बोर्डिङ माइतीको आँगन सरह प्यारो छ, मेरो जीवनमा । त्यहि तुलसी बोर्डिङमा सुरुदेखि भिष्म सरकै निगरानीमा र प्रेममा मेरा सन्तान हुर्किए । एसइई अध्ययन र सफल पश्चात अहिले काठमाडौँको साउथ वेस्टर्न कलेजमा कम्प्युटर साइन्स विषय लिएर ११ (एघार) र १२ (बाह्रमा) अध्यनरत छन् ।
जीवन पनि कुमालेको चक्रझै रहेछ । छोटो नाटकीय मावन जीवन पनि कयौँ ठाउँ पुग्छ, कयौँसँग हुन्छ, कहाँ–कहाँ पुगिन्छ ठेगान नै नहुँदो रहेछ । मावि अध्ययन पश्चात कलेज सुरु हुनै लाग्दा शिक्षा आयोगमा नाम निकालियो । शिक्षक जागीरमै व्यस्त हुदैँ ती हजारौ पवित्र कोपिलासँग खेल्दा कयौँ वसन्त विताएका थाहैँ भएन । अचेल यही पवित्र वाटिकामा रमाउँदा परम आनन्दमा हराउँदै छ जीवन । दिनभर ती निर्दोष कलिला, दयालु, पवित्र, जीवनसँग ज्ञान पोख्दा कसरी समय वित्छ थाहै हुदैँन ? बेलुका घर फर्कदा बाटोमा धेरै शुभचिन्तकसँग भेट हुन्छ । अभिवादन, भलाकुसारी गर्दै हिड्दा, केही सामाजिक काम गर्दा घरको गेटमा सन्ध्यामा प्रवेश हुन्छ, मेरो एकमुठि उमाल्यो खाँदा रातको नौ दश बज्छ । थकित अस्थिपञ्जर बोकेर शयनकक्ष पुग्यो तर लोलायका नयनलाई पर्खाउँदै निन्द्रा कटौती गरी साहित्य लेखनतिरको नशाले तान्छ, कलम, समातिहाल्छु एउटा विद्यामा दौडाउँछु, जीवनको गति दौडिए झै, मीठो सिर्जनाले जन्म लिन्छ । भित्र हृदय खुशीले फुल्छ । बसेर रातमै बाचन गर्छु त्यो नव सिर्जना अनि पेट भरिएर भोकतृप्ती भएझै सन्तुष्ट हुन्छ । अनि तन्काउँछ अस्थिरपञ्जर । बाह्र एकको निरिह रातको सन्नाटाभित्र म मिठो निदरीसँग आलिङ्गन गर्छु । एकै कोल्टेमा पाँच बज्छ ।
कृष्णटोल “ग” लाईन
पुरानो बसपार्क तुलसीपुर, दाङ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here