Friday, February 7, 2025
Homeसमाजसाहित्यमा भानुभक्त

साहित्यमा भानुभक्त

- Advertisement -spot_img

आइतबारका दिन जन्मेका आदिकवि भानुुभक्त विसं १८७१ असार २९ गते तनहँुको रम्घा भन्ने गाउँमा न्वारानको नाम देवीभक्तबाट चिनिएका थिए । बाजे श्री कृष्ण आचार्य संस्कृत भाषा विद्वान थिए । उनैको प्रेरणाबाट नै भानुलाई संस्कृत भाषामा हौसला मिलेको थियो । राष्ट्रिय भाषालाई एकगित र सुदृढीकरण गर्नेमा भानु दिलो ज्यान दिएका थिए । भाषागत एकताको मुलस्रोत नै रामायण हो रामायण सरल, सहज र पारदर्शी बनेर नेपाली जनजिब्रोमा टाँसिएको छ । रामायण रामको कर्तव्य–रामायणद्वारा असल नेपाली चरित्रको उद्घोष गर्दछ । सीताभित्रको पतिब्रता धर्म जिउँदो लास जस्तै व्युँझिएको छ । नेपाली नारीको परम कर्तव्य र निष्ठानलाई उजागर पारेको छ ।
साहित्यमा हरपल, हरक्षण तल्लीन रहने भानु बाजे श्री कृष्णको रसास्वादनले संस्कृत साहित्यमा डुबेको पाईन्छ । राष्ट्रियलाई बलियो तुल्याउन साहित्य बलियो हुनुपर्दछ भन्ने मान्यता राख्ने आदिकविको सम्पूर्ण जीवन साहित्यको खोज र अन्वेषणमा वितेका पाईछ । आदिकविका बाजे बराज्युहरु सेनवंशी राजाहरुका सल्लाकार एवं पण्डित थिए । दरबारमा सायद हैन, विवाह, समारोहमा सरिक भई मन्त्रोउच्चरण गरी दूतको रुपमा काम गरेको थियो । नेपालका एकीकरण गर्ने कार्यमा गोरखा राज्यलाई सेनराज्यले सहयोग गरेको थियो । सेन राज्यबाट असंख्या विर्ता पाएका उनका बाजे, बराज्यूहरु राजाका दाहिने हात थिए ।
कान्तिपुरलाई स्वर्गको राजधानी अल्कापुरीसँग दाँज्ने भानु नेपाली मानिस पटलमा अग्रपंक्तिमा गनिन्छन् । तल्कालीन नेपाली समाज रुढीवाढी र परम्परामा आधारित थियो । ठिक त्यसैबेला ध्रुवताराको काम गरेको थिए भानुले । मुलुकभित्र र बाहिर ज्ञान विज्ञानको उत्थान गर्ने सफल भानु एक प्रतिभाशाली नक्षत्र भने अवश्य हुन् । भानुभक्तको काव्य सृजना, १८९८ मा रामायणको बालकाण्डबाट शुरु भएको मानिन्छ । भक्तमाला विसं १९१० र सोहिबेला प्रश्नोत्तरी प्रकाशित कृतिहरु हुन् भने वधुशिक्षा र रामगीता–१८१९ मा प्रकाशित भएका थिए ।

घरदेखि ७० फिट उत्तरतर्फ जंगलले ढाकिएको ३ फिट गहिरो, २५÷२५ फिट स्क्वायरमा बनेको एक सुख्खा पोखरी छ, यदि पोखरीको डिलमा बसि बाजे श्री कृष्ण आचार्यले श्लोक गाउँथे । संस्कृतमा, भजन गाउँथे । वरपरका मानिसहरु झुम्म परेर सुनिरहन्थे । भानुभक्तले प्रयोग गरेको खाट, ओछ्यान, गाग्री, अम्खोरा, पूजा सामाग्री यद्यपि अहिले पनि भानु स्थलमा विकास, समितिले संरक्षण गरिरहेको छ । भानुभक्तले पिउने गरेको पानी पँधेरोलाई विसं १९९७ मा भक्त बहादुर घर्तीले मर्मत गरी लम्बाई १३ फिट, चौडाई ४ फिट, र गहिराई २ फिट बनाएका थिए ।
नेपाली साहित्यका विशिष्ठ कवि भानुभक्त ५४ वर्षको उमेरसम्म जीवित रहन्छन् र विसं १८२५ मा आश्विन शुक्ल पञ्चमीका दिन यस लोकबाट परलोकमा विलिन हुन्छन् । हिन्दी, संस्कृत, मराठी, थुप्रै भाषाका ज्ञाता भानु सृजन, काव्यका धनी थिए । बाजे श्री कृष्ण आचार्यको कौशीमा मृत्यूपश्चात उनको जीवनमा बज्रपात शुरु भयो ।
विसं १८४३ मा आदिकविका छोरा रमानाथ आचार्यले रम्घाकोटभन्दा तलको गाउँका लेकको घर निर्माण गरेको थिए । तनहुँ रम्घा गाउँमा विसं. २०१५ सालमा स्वर्गीय श्री ५ महेन्द्रको मध्यपश्चिमाञ्चल भ्रमणको क्रममा पण्डित तीर्थराज आचार्यको अनुरोधमा आदिकवि भानुभक्तको प्रतिमा कलाकार रत्नबहादुर तुलाधरको निर्माण गरेको थियो । पछि २०३८ सालमा आतंककारीहरुले भानुको प्रतिमा तोडफोड गरी टाउको हरण गरेर लगेको थिए । भानुभक्तको पालाको बगैँचा, बरपिपल, समी, चिउरी, अहिले पनि जस्ताको तस्तै छ । धर्मशाला र धर्मशालाको वरपर हरियाली दृश्य जहाँतही देख्न सकिन्छ । बाजे श्री कृष्ण आचार्यले निर्माण गरेको भानुगृह विसं. १८५० मा बनेको यो गृह मा धर्मशाला बनेको छ । अत्यन्त मनमोहक ठाउँ चुदि रम्घा जो कोही पनि एक पटक जानैपर्ने ठाउँमध्ये एक हो । नेपाली साहित्य र सभ्याताको मूलथलो पनि त्यही नै हो । सबैलाई चेतना भया …!
तुलसीपुर–६ गुम्राह चोक, दाङ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here