Friday, April 18, 2025
Homeविचारसहरमा पार्किङ सास्ती

सहरमा पार्किङ सास्ती

- Advertisement -spot_img

बजार क्षेत्रमा सवारी साधन पार्किङमा ब्यवस्थित पार्किङ स्थल छैन । बजार क्षेत्रमा निश्चित र ब्यवस्थित सवारी साधनको पार्किङ स्थल नहुँदा सवारी धनीदेखि बाटो हिड्ने बटुवासम्मले सास्ती खेपिरहनु पर्ने अवस्था छ । अव्यवस्थित पार्किङले सहरको सुन्दरतामा ह्रास ल्याएको छ । बजारमा अस्तव्यस्त, लथालिङ्गको पार्किङले गर्दा दुर्घटनाको जोखिमसमेत बढिरहेको छ । घोराही, तुलसीपुर, लमही, भालुवाङलगायतका ठाउँमा अझैपनि व्यवस्थित पार्किङ स्थल छैन । निश्चित स्थानमा पार्किङ स्थल नहुँदा बटुवा, स्थानीय तह, प्रहरी र सवारी चालकहरुलाई समेत यसले समस्या निम्त्याएको देखिएको छ ।

स्थानीयस्तरमा पार्किङको व्यवस्थापन गरी सहरलाई सुन्दर र व्यवस्थित बनाउनतर्फ स्थानीय सरोकारवालाले ध्यान दिनु आवश्यक छ । स्थानीय निर्वाचनको बेला उम्मेदवारहरुले लगाएको स्मार्ट सिटीको नारा नारामा मात्रै सीमित भएको छ । एक वर्षसम्म एउटा पार्किङको समेत व्यवस्थापन गर्न नसक्ने जनप्रतिनिधिबाट स्मार्ट सिटीको आशा गर्नु व्यर्थ हुन्छ । त्यसकारण सहरी क्षेत्रमा रहेको अव्यवस्थित पार्किङलाई ध्यान दिएर निश्चित स्थान तोकेर ब्यवस्थित गर्नतिर लाग्नुपर्छ ।


बढ्दो सहरी करणमा पाकिङलाई पनि महत्व दिनुपर्छ । तर यहाँ सहरीकरणको विकाससँगै पार्किङ प्रमुख चुनौतीको रुपमा देखिएको छ । तुलसीपुर, घोराही र लमहीमा पार्किङको अवस्था नाजुक जस्तै रहेको छ । अव्यवस्थित पार्किङकै कारण धेरै दुर्घटनासमेत बेला–बेला घट्ने गर्दछन् । विजौरी, नारायणपुर, गढवा, भालुवाङ, हापुरेमा पनि यो समस्या बढ्दै गएको छ । स्थानीय बजार व्यवस्थापनको लागि स्थानीय तहले जागरुपता देखाउनुपर्ने भए पनि अहिलेसम्म यो प्रयास हुनसकेको छैन । स्थानीय तहहरुले व्यवस्थापनको लागि नाराहरु सार्वजनिक गरेपनि त्यो कार्यन्वयनमा आउन सकेको छैन । जनप्रतिनिधिहरु पनि यो विषयमा गम्भीर देखिएका छैनन् । स्थानीय सहरमा पार्किङ अनिवार्य जस्तै हो । जिल्लामा रहेका दुईवटा ठूला उपमहानगर र एक नगरमा समेत उचित पार्किङ स्थल छैन । केही वर्ष पहिले स्थापना भएका सहरहरु अहिले समयसँग फेरिन आवश्यक छ । त्यसका लागि सहरलाई आधुनिकतातर्फ लैजान आवश्यक छ भने पार्किङ अपरिहार्य । सवारी साधनको चाप र अव्यवस्थित पार्किङले निम्त्याउने सवारी दुर्घटनालाई कम गर्न सम्बन्धित निकाय स्थानीय तह र ट्राफिक प्रहरीको विशेष भूमिका निर्वाह गर्नु नै पर्छ ।
स्थानीयस्तरमा पार्किङको व्यवस्थापन गरी सहरलाई सुन्दर र व्यवस्थित बनाउनतर्फ स्थानीय सरोकारवालाले ध्यान दिनु आवश्यक छ । स्थानीय निर्वाचनको बेला उम्मेदवारहरुले लगाएको स्मार्ट सिटीको नारा नारामा मात्रै सीमित भएको छ । एक वर्षसम्म एउटा पार्किङको समेत व्यवस्थापन गर्न नसक्ने जनप्रतिनिधिबाट स्मार्ट सिटीको आशा गर्नु व्यर्थ हुन्छ । त्यसकारण सहरी क्षेत्रमा रहेको अव्यवस्थित पार्किङलाई ध्यान दिएर निश्चित स्थान तोकेर ब्यवस्थित गर्नतिर लाग्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here