Thursday, February 13, 2025
Homeमुख्य खबरजनप्रतिनिधिका एक बर्ष

जनप्रतिनिधिका एक बर्ष

- Advertisement -spot_img

संघीय संरचना अनुसार पहिलो पटक निर्वाचित भएका स्थानीय सरकारका जनप्रतिनिधिहरुले एक वर्ष गुजारेका छन् । निर्वाचित भई कार्य सुरु गरेको एक वर्ष गुजारेका जनप्रतिनिधिहरुले आफ्नो वर्ष दिनको प्रगति विभिन्न तरिका अपनाएर सार्वजनिक गरिरहेका छन् । जनप्रतिनिधिहरुले पहिलो वर्षलाई अनुभव र सिकाईको वर्षको रुपमा रहेको तर्क समेत दिदै आएका छन् । २०७४ साल असार १४ गते भएको दोस्रो चरणको निर्वाचन अन्तर्गतका दाङका जनप्रतिनिधिहरुले निर्वाचित भएर आफ्नो कार्यकाल सुरु गरेको एक वर्ष पूरा भएको हो । उनीहरुले एक बर्षसम्म जनताको अपेक्षा भन्दा पनि आफनो ब्यवस्थापनमा नै पूरा गरेको देखिएको छ ।
कार्यकाल सम्हालेको एक वर्ष पूरा भएको अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले समीक्षा गरेका छन् । उनले नगरका सबै सरोकारवालाहरुलाई बोलाएर वर्ष दिनको समीक्षा र आगामी दिनको सुझावसमेत लिनु उदाहरणीय काम हो । वर्षभरि भएको प्रगति सार्वजनिक गर्नु राम्रो पक्ष हो । यसलाई अन्य स्थानीय तह र जनप्रतिनिधिले पनि अनुसरण गर्न सकेमा आगामी वर्षहरुमा काम गर्दा सहजता र सजिलो हुने देखिन्छ । २० वर्ष पछि स्थानीय तहका आएका जनप्रतिनिधिहरुले सोचे जस्तो र जनअपेक्षा जस्तो प्रगति गर्न नसके पनि धेरै कुरालाई व्यवस्थित बनाएर आगामी यात्रालाई सहज बनाउने प्रयास गरेका छन् । तुलसीपुरले पनि एक वर्षमा ८५ वटा महŒवपूर्ण काम गरेको भन्दै सार्वजनिक गरिएको छ । तुलसीपुरमा जनप्रतिनिधि आइसकेपछि गरेका भनिएका कामहरु केही पहिलेदेखि नै सुरु भएका थिए । भने केही अर्काे निकायले गरेका कामलाई देखाइएको छ । अन्य निकायले गरेका कामलाई पनि नगरप्रमुखले आफूले गरेको भनेर प्रगति देखाइनु राम्रो होइन । यसतर्फ पनि जनप्रतिनिधिले सोच्नु जरुरी छ । लोकप्रियताका नाममा सत्य लुकाउन हु“दैन ।
स्थानीय तह स्थानीय सरकारको रुपमा स्थापित भएको छ । सरकार अधिकार सम्पन्न नै हुन्छ । अधिकार सम्पन्न सरकारले हावादारी भन्दा पनि जनतालाई प्रत्यक्ष रुपमा फाइदा गर्ने जनहितका कामहरु गर्नतर्फ लाग्नुपर्छ । अधिकारका नाममा मनोमानीमा स्थानीय तहहरु लागेमा त्यसको प्रभाव र असर दीर्घ बन्न सक्छ । निर्वाचनमा जनाएका प्रतिवद्धतालाई समेट्दै विपक्षलाई विश्वासमा लिएर जनप्रतिनिधिहरुले अब नमुना, उदाहरणीय कार्य गर्नतर्फ आगामी चार वर्षलाई लगाउनु पर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here