शुक्रवार मुस्ताङमा एउटा दुखद् मर्मस्पशी दुर्घटना भयो । दुर्घटनामा ठूलो मानवीय क्षेत्र बेहोर्नुप¥यो । दुर्घटनामा परी २० जनाले ज्यान गुमाए भने १२ जना घाइते भएका छन् । यो दुर्घटनाले सबैभन्दा बढी पीडा दाङ र रोल्पालाई दिएको छ । मजदुरी गर्न गएका यहँका १७ जना मजदुरले दुर्घटनामा परी ज्यान गुमाउनु परेको छ । अहिले शोक र पीडामा दाङ र रोल्पा डुबेको छ । मजदुरी गर्न मुस्ताङ गएका दाङका छजना र रोल्पाका एकै परिवारका छसहित ११ जना मजदुरहरुले मृत्युवरण गरेका छन् ।
यो दुर्घटनाले ठूलो मानवीय क्षति गर्दै सबैलाई शोकमा डुबाएको छ । नहुनु पर्ने घटना घटि सकेपछि त्यसलाई शक्तिमा बदलेर सहनु शिवाय केही हँदैन । पीडालाई शक्तिमा बदलेर परिवार र आफन्तले जीउन सक्नुपर्छ । अकल्पनीय दुर्घटनाले सबैलाई शोकमा डुबाएको छ । मुत्युको खबरले परिवार, आफन्त, गाउँ, छरछिमेक, पूरै जिल्ला शोकमा छन् । परिवारको सुन्दर सपना बोकेर गएको ब्यक्ति घरमा नफर्कने गरी गुमेपछि आफन्त र परिवारको मन विक्षिप्त भएको छ । नेपालमा बढी नै दुर्घटना हुन्छन् । प्रहरीको तथ्याङ्कले पनि यसलाई पुष्टि गरिरहेको छ । यात्रुबाहक सवारी साधनहरुको दुर्घटना धेरै देखिएको थियो । यसपटकको दुर्घटना यात्रुबाहकको नभएर ट्रिपरको भएको छ । श्रमिकहरु कार्यस्थल जान साधनको रुपमा प्रयोग भएको ट्रिपरले २० जनाको ज्यान दिएको हो । दुर्घटनालाई न्यूनीकरण गर्नसकेमा यस्ता ठूला घटना हुनबाट कम हुने थियो । राज्यले दुर्घटना न्यूनीकरण गर्न आवश्यक छ । बर्सेनी सवारी दुर्घटनामा सयौँको ज्यान गुम्ने गर्दछ । यसलाई राज्यले विशेषरूपमा सोच्नै न्यूनीकरणको बाटो अबलम्वन गर्न सक्नुपर्छ ।
नागरिकले सवारी साधन प्रयोगमा पनि ध्यान दिनुपर्ने देखिन्छ । यात्रु बोक्ने सवारी हो कि हैन, ढुवानीका सवारी साधनहरुमा यात्रा गर्नु जोखिम हुन्छ भने जानकारी लिनसके यस्ता दुर्घटनामा मानवीय क्षति कम भन्दा कम हुन्छ ।
Stay Connected
Must Read