Friday, February 7, 2025
Homeफिचरडिभाईनमा बाल कविता प्रतियोगिता

डिभाईनमा बाल कविता प्रतियोगिता

- Advertisement -spot_img

तुलसीपुर, २३ असार ।
निमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कारअन्तर्गत बाल कविता प्रतियोगिता डिभाईन टेम्पल एकेडेमी तुलसीपुरमा भएको छ । राप्ती साहित्य परिषद्का अध्यक्ष कमलमणि देवकोटाको सभापतित्व विद्यालयका प्रिन्सिपल भोजराज न्यौपानेको प्रमुख आथित्यता एवं राष्ट्रिय नारी साहित्य परिषद् नेपालका अध्यक्ष भावना न्यौपाने भवानी को विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कविता प्रतियोगितामा एक दर्जन बढी विद्यालयका विद्यार्थीहरुले कविता वाचन गरेका थिए । अधिकांश विद्यार्थीले प्रतियोगितामा देशको विकासको शीर्षकमा आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए । प्रतियोगितामा डिभाईन टेम्पल एकेडेमीका छात्रा करुणा शर्मा प्रथम, ज्ञानोदय मावि बालापुरका छात्र भरत वली द्वितीय, डिभाईन टेम्पलकै छात्र शरद परियार तृतीय र डिभाईन टेम्पल कै छात्र आयुश शर्मा सान्त्वना भएका थिए ।
कार्यक्रममा प्रतियोगिताका बिजेताहरुलाई नगद तथा प्रमाण–पत्रले पुरस्कृत गरिएको थियो । कार्यक्रममा साहित्यकार लोकमणि शर्मा आचार्य, गजलकार प्रवल विष्ट, भावना न्यौपानेलगायतले आफ्नो मन्तव्यका साथमा रचना बाचन गरेका थिए । राप्ती साहित्य परिषद्का सचिव प्रकाश केसीले सहजीकरण गरेको कार्यक्रममा परिषद्का उपाध्यक्ष नगेन्द्र गुरुले स्वागत गरेका थिए । उक्त अवसरमा डिभाईन टेम्पल एकेडेमीका छात्रछात्राहरुले नृत्य, गीत, मुक्तक समेत प्रस्तुत गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here