Sunday, June 15, 2025
Homeमुख्य खबरवैकल्पिक विमानस्थल की ...?

वैकल्पिक विमानस्थल की …?

- Advertisement -spot_img

दाङमा अहिले वैकल्पिक विमानस्थलको चर्चा धेरै चलेको छ । नेपाल सरकारले दाङमा वैकल्पिक विमानस्थल निर्माण गर्ने योजना बजेटमा ल्याए पनि यो विषयले दाङमा चर्चा सुरु गराएको हो । २०११ सालमा स्थापना भएको र लामो समयसम्म सञ्चालन भएको टरिगाउँ एयरपोर्टको हवाई सेवा बन्द गराएर नयाँ वैकल्पिक विमानस्थल खोजिनु त्यति सान्दर्भिक छैन, र खोज्नु पनि हुँदैन । दाङमा भएको पुरानो विमानस्थलको स्तरोन्नति गरेर नियमित हवाई सेवा सञ्चालन गर्नुको साटो वैकल्पिक बाटो रोजेर जानुले जिल्लामै अहिले आलोचना र विरोध बढ्न थालेको छ ।
२०११ सालमा स्थापना भएर अहिलेसम्म सञ्चालनमा रहको तुलसीपुरको टरिगाउँ विमानस्थल केही समयदेखि बन्द छ । निजी विमान कम्पनीले उडान नभरेपछि सेवा बन्द जस्तै भएको बेला सरकारले घोराही उपमहानगरपालिकाको नारायणपुर क्षेत्रमा बैकल्पिक हवाई मैदान बनाउने निर्णय सार्वजनिक गरिसकेको छ । अर्थमन्त्री युवराज खतिवडाले भएको विमानस्थललाई बेवास्ता गर्दै नयाँ वैकल्पिक विमानस्थलको सपना सार्वजनिक गर्दा स्थानीयहरुसमेत आन्दोलित भएका छन् । विमानस्थल बनाउने भनिएको ठाउँका बासीहरुले यो सरकारी निर्णयको विरोध गर्दै निर्णय स्वीकार्य नहुने उल्लेख गरिरहेका छन । नारायणपुरबासीले निर्णयको विरोध गर्न सुरु मात्रै गरेका छैनन् विभिन्न आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गर्ने तयारी गरेको पत्रकार सम्मेलन गरेर जानकारी गराइसकेका छन् । सरकारी निर्णय तत्काल सच्याउन मागसमेत गरेका छन् । तुलसीपुरको एयरपोर्टलाई स्तरोन्नति गरेर नियमित उडान भर्न सुझाव दिदै दिएका स्थानीयहरुले जिल्लामा एउटा विमानस्थल हुँदाहुँदै त्यसको समूचित ब्यवस्थापन नगरेर अर्काेको कुरा ल्याउनु जाहेज पनि हैन । सबैभन्दा पहिले भएको पूर्वाधारलाई संरक्षण गरेर प्रयोग गरिनुपर्छ ।
अहिले नै विमानस्थलको विकल्प खोजिनु हुँदैन । बरु भएकोलाई प्रयोग गरेर उपयोगी बनाइनु पर्छ । बाक्लो बस्ती रहेको स्थानमा वैकल्पिक विमानस्थलको खोजी गरिनु र विमानस्थल भएको क्षेत्रलाई बेवास्ता गर्नुले सरकारले के देखाउन खोजेको हो त्यो त भविष्यमा देखिएला तर हामीले भन्ने त्यति मात्रै हो पुरानालाई पहिले उपयोग गरेर मात्रै आवश्यक परे विकल्प खोजौँ त्यो पनि कारणसहित ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here