असारको मध्यतिरको यो वर्षाले देशका तराई पहाडी क्षेत्रमा ठूलो सास्ती दिएको छ । असार १५ सकिए लगतै भएको बर्षाले जनजीवन समेत प्रभावित पारेको छ । देशभरी मानवीय तथा भौतिक क्षति धेरै गराएको छ । दाङमा पनि यो वर्षाको धेरै सास्ती दियो । जिल्लामा एकदिन भरी यावतजावत नै बन्द गरायो भने यात्रा गर्नेहरुले पनि निकै सास्ती खेप्नु प¥यो । लगातारको वर्षाले नदी तटीय क्षेत्र र पहिरोको उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दाहरुलाई त झनै समस्या र सास्ती देखिएको छ ।
दाङमा विगतका वर्षहरुमा भएका वर्षाहरुले ठूलै क्षति पु¥याएका थिए । २०७१ र ०७४ सालको वर्षाले केहीको ज्यान लियो भने, सयौ“ घर विस्थापित भए । त्यतिबेला विस्थापित भएका पुनःस्थापन नहु“दै यो वर्षको बर्षाको सास्ती दिन सुरु गरिसकेको छ । बबई र राप्ती नदी र अन्य खहरे भित्रिखोला क्षेत्रको तटिय भागमा बसोबास गर्ने सर्वसाधारणलाई पिरोलोमा छन् । बर्खा सुरु हु“दै गर्दा जिल्लामा अर्काे सास्ती पनि स“गै सधै आउ“छ । यो वर्ष पनि त्यो सास्ती सुरु भइसकेको छ । जिल्लामा रहेका सबै खोला तथा नदीहरुमा पुल नहु“दा बर्खामा आवतजावत कठिन बन्दै गइरहेको छ । पानीमूनीका पुल र निर्माण ब्यवसायीहरुको निर्माणमा लापरवाही हु“दा आम नागरिकले बर्षेनी सास्ती पाइरहेका छन् । अर्काेतिर बाढी पहिरोप्रति सजक नहु“दा समस्या पर्ने गरेको छ । बर्षा समयमा विभिन्न प्रकारको विपद्हरु आउन सक्ने भएको हु“दा यसतर्फ सबै सचेत र सजक हुन पनि जरुरी हुन्छ । विपदबाट आफू कसरी बच्न सकिन्छ र अरुको सहयोग र उद्धार कसरी गर्न सकिन्छ भन्ने सोच सबैमा आउनुपर्छ । यो सोच आएमा सबै यो समय सजक रहन सकिन्छ ।
वर्षा सुरु भए सगै संघीय सरकार र स्थानीय सरकार विपद्को पुर्व तयारीमा जुटेका छन् । जिल्ला स्तरमा स्थापना भएका सरोकारवाला निकायहरु पनि विपद्को पूर्व तयारीमा लागेको देखिन्छ । जिल्लामा तीन स्थानमा दक्ष जनशक्ति सहितको उद्धार टोली समेत ब्यवस्था गरिएको छ । यसले पनि सरकारी तथा गैर सरकारी निकायबाट भएको प्रयास राम्रो छ । यसले सम्भावित दुर्घटनाको न्यूनीकरण गर्छ भने विपद्प्रति सजक गराएको छ ।
Stay Connected
Must Read