वर्ष दिनमा तीन किमी सडक कालोपत्रे

लमही, १४ साउन । हुलाकी सडकअन्तर्गतको लमही कोइलाबास सडकखण्डको काम कछुवा गतिमा गइरहेको छ । नयाँ ठेक्का सम्झौता भएर सुरु भएको एक वर्ष बितिसक्दा पनि जम्मा तीन किलोमीटर कालोपत्र मात्रै पूरा भएको छ । ३३ किलोमीटर रहेको निर्माण दुई वर्ष ६ महिनाभित्रमा सक्नुपर्ने सम्झौता छ । समयावधि आधा सकिदा काम भने मुस्किलले १० प्रतिसत सम्पन्न गरेको छ । लमही कोइलाबास […]

Continue Reading

जनप्रतिनिधिसंग काँग्रेसको छलफल

तुलसीपुर, १४ साउन । नेपाली काँग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुसँग अन्तरक्रिया तथा छलफल गरेको छ । निर्वाचन भएको एक वर्षसम्म पनि सबै जनप्रतिनिधिलाई राखेर छलफल नगराएको काँग्रेसले तुलसीपुर उपमहानगरपालिकाका पार्टीको तर्फबाट निर्वाचनमा निर्वाचित वडा अध्यक्ष, सदस्य र निर्वाचनमा पराजय भोगेका अध्यक्षका उम्मेदवारहरुसँग छलफल गरेको हो । नेपाली काँग्रेस क्षेत्र नम्बर ३ को आयोजनामा तुलसीपुरमा छलफल गरिएको […]

Continue Reading

अब श्रब्यदृश्यमार्फत बयान

घोराही, १४ साउन । दाङ देउखुरी जिल्ला अदालतले भदौ १ गतेदेखि श्रव्यदृश्य प्रणाली (भिडियो कन्फ्रेन्सीङ) मार्फत बयान लिने भएको छ । भदौ १ गतेदेखि नयाँ मुलुकी ऐन संहिता लागू भएपछि बयानका लागि बोलाएको आरोपित व्यक्ति तथा कारागारमा रहेको व्यक्तिले भिडियो कन्फ्रेन्सीमार्फत बयान दिनसक्ने गरी यो प्रविधि भित्र्याउन लागिएको जिल्ला अदालत दाङले जनाएको छ । जसका लागि दाङ देउखुरी […]

Continue Reading

आन्दोलनमा किन जाँदैछ काँग्रेस ?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारविरुद्ध देशब्यापी सडक आन्दोलनमा उत्रिएको छ । राजयका तीनवटै सदनमा आन्दोलन गरिरहेको काँग्रेसले अब सडक तताउने भन्दै सडक आन्दोलनमा लागेको छ । दुई तिहाईको आँडमा ओली सरकारले दम्भ देखाउँदै सरकारले अधिनायकवादी शैलीमा जनविरोधी क्रियाकलाप गरेकोले काँग्रेसले यसको विरुद्ध सडक र सदन दुबैबाट सरकारका क्रियाकलाप सच्चाउन आन्दोलन गर्नुपरेको तर्क गर्दै आएको […]

Continue Reading

राप्ती गाउँपालिका वडा नं ४ को वार्षिक समीक्षा

मसुरीया (दाङ), १४ साउन । राप्ती गाउँपालिका वडा नम्बर ४ को गत आर्थिक वर्ष २०७४÷०७५ मा वडामा भएका विकास निर्माणसम्बन्धी गतिविधि तथा कार्यालयले प्रदान गरेका सेवाहरु र चालु आर्थिक वर्ष २०७५÷०७६ मा सञ्चालन गरिने योजना तथा कार्यक्रमहरुसम्बन्धी वार्षिक समीक्षा तथा आगामी कार्यक्रमको योजनाबारे सम्पन्न गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर जिसीको […]

Continue Reading

चार हजार हेक्टर खेतीयोग्य जमिन बाँझो

घोराही, १४ साउन । दाङमा वर्षेनी करिब चार हजार हेक्टर खेतीयोग्य जमिन बाँझै हुने गरेको छ । मानव कल्याण तथा वातारण संरक्षण केन्द्र दाङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा ३ हजार ९ सय ६० हेक्टर खेतीयोग्य जमिन बाँझै हुने गरेको पाइएको हो । कृषिका लागि अधिकांश खेतीयोग्य जमिनमा पर्याप्त सिंचाई सुविधा नभएका कारण र युवाहरुको कृषिप्रति आर्कषण बढ्न […]

Continue Reading

देउखुरीमा सर्पदंश उपचार केन्द्रको स्थापना हुने

लमही, १४ साउन । देउखुरीमा शर्प दंश उपचार केन्द्रको स्थापना हुने भएको छ । लामो समयसम्म देउखुरी क्षेत्रमा सर्पदंश उपचार केन्द्रको स्थापना नहुँदा त्यस क्षेत्रका नागरिकले समस्या झेल्दै आएका छन् । उपचार केन्द्र स्थापनाको लागि दुई बर्ष अघि देउखुरी उद्योग वाणिज्य संघले साँस्कृतिक महोत्सव समेत लगाएको थियो । तर विविध कारणले निर्माणको काममा ढिलाइ हुँदै आएको छ । देउखुरी क्षेत्रमा […]

Continue Reading

शनिबार कार्यालय खोल्न राय लिदै प्रशासन

घोराही, १४ साउन । जिल्ला प्रशासन कार्यालय दाङले शनिबार पनि सरकारी कार्यालय सञ्चालनका जिल्लाका स्थानीय तहलाई सहमति दिनका लागि पत्राचार गरेको छ । जिल्लाका दशवटै स्थानीय तहलाई पत्र लेखेर प्रशासनले भदौँ महिनादेखि सरकारी कार्यालय सञ्चालन गर्ने गरी राय सुझाव दिन पत्र पठाएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । जनताको काम शनिबार पनि हुने भएको हुँदा स्थानीय […]

Continue Reading

स्मार्ट सिटीका प्रयोगविहीन क्यामरा

तुलसीपुर, १३ साउन । सहरी क्षेत्रको सुरक्षामा सहयोग पुग्ने उद्देश्यले बजार क्षेत्रमा राखेका सिसी क्यामराहरु प्रयोगविहीन देखिएका छन् । तुलसीपुर उपमहानगरपालिकालाई सुरक्षित र अपराधमुक्त नगर बनाउने र स्मार्ट सिटीको परिकल्पना गरेका जनप्रतिनिधिहरुले बजार क्षेत्रमा जोडिएका सिसी क्यामरा सञ्चालनमा ल्याउनसमेत सकेका छैनन् । विगत दुईवर्षदेखि बजारका मुख्य चौकमा जोडिएर राखिएका तर प्रयोगमा ल्याउन नसकिएका सिसी क्यामराहरुले गिज्जाई रहेका छन् । […]

Continue Reading

दाङ काँग्रेसले सडक आन्दोलन गर्ने

तुलसीपुर, १३ साउन । सरकारको क्रियाकलाप विरुद्ध आन्दोलन तय गरेको नेपाली काँग्रेसले दाङमा हुने आन्दोलनमा सहभागी हुन सबैमा अपिल गरेको छ । दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकार संविधानको बर्खिलाप गर्दै लोकतन्त्रको मर्म बिपरित आफ्ना क्रियाकलाप अघि बढाईरहेको भन्दै काँग्रेसले १५ गते देशब्यापी आन्दोलनको कार्यक्रम तय गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत आन्दोलनको कार्यक्रम तय गरेको […]

Continue Reading