Friday, February 7, 2025
Homeअर्थबजेटको वैकल्पीक विमानस्थल होइनः महरा

बजेटको वैकल्पीक विमानस्थल होइनः महरा

- Advertisement -spot_img

घोराही, ७ असार ।
सभामुख कृष्णबहादुर महराले तुलसीपुरको टरिगाउँमा सञ्चालनमा रहेको एयरपोर्टलाई नियमित उडानमा लैजाने बताएका छन् । उनले बजेटमा आएको वैकल्पीक विमानस्थल टरिगाउँको विकल्पमा नभएको दाबीसमेत गरेका छन ।
तुलसीपुरको एयरपोर्टलाई नियमित उडान भर्नको लागि ईन्धन डिपोको योजना बनाइएको बताए । ‘तुलसीपुर एयरपोर्टको विकल्पमा वैकल्पीक विमानस्थलको योजना ल्याइएको होइन्’ नेपाल पत्रकार महासंघ दाङ शाखाले बिहीबार आयोजना गरेको भेटघाट कार्यक्रममा सभामुख महराले भने ‘बजेट सार्वजनिक कार्यक्रममा भाषा अस्पष्ट भएको हो, तुलसीपुरको एयरपोर्टको वैकल्पीक खोजी छैन् ।’ तुलसीपुरको एयरपोर्टलाई स्तरोन्नति गरेर, हवाई इन्धनको डिपो बनाएर नियमित उडान भर्ने उनले बताए । राष्ट्रियस्तरको विमानस्थलको अध्ययनको लागि वैकल्पीक अध्ययनको लागि छुट्टै योजना वनाएको उनले प्रष्ट पारे । ‘अन्यत्र जिल्लामा उडानको लागि वैकल्पीक विमानस्थलको योजना ल्याइएको हो’ कार्यक्रममा महराले भने ‘त्यो योजना सरकारको बजेटबाट गराउने हो वा कुनै निजी श्रोतलाई जिम्मा लगाउने भन्ने विषयमा छलफल भइरहेको छ ।’ ‘दाङबासीले अपेक्षा गरेअनुसार केन्द्रीय तहबाट बजेट आएन भन्ने धेरै टिकाटिप्पणी सुनिएको छ’ महराले भने ‘त्यो बजेट अन्तिम निर्णय होइन्, सदनमा कुन क्षेत्रमा कति बजेट आवश्यक हो भनेर छलफल भइरहेको छ ।’
‘दाङको विकासको लागि बजेटमा प्रयास गरेका छौँ’ उनले भने ‘त्यसमा तपाईको सकृय भूमिका रहोस् ।’ संघीयता कार्यान्वयनको चरणमा रहेकाले अलि जटिल भएको छ । पाँच नम्बर प्रदेशको लागि सरकारले १६ अर्ब बजेट छुट्याएको बताए । ठूलो योजनाहरु केन्द्रीय र मझौला योजनाहरुको वजेट प्रदेश सरकारले छुट्याउने उनले बताए । राष्ट्रमा अहिले समृद्ध नेपाल र सुखी नेपालको नारा दिएकाले यो नारालाई कार्यान्वयनमा ल्याउनको लागि जनताको जीवनस्तरबाट माथि उठाउनुपर्ने राज्यको दायित्व भएको बताए । त्यसको लागि जनशक्ति उत्पादनमा विशेष योजनाहरु बनाइएको उनले बताए । सभामुख महराले सञ्चारको विकासको लागि अर्थमन्त्री गम्भीर भएको जानकारी गराए ।
नेपाल कम्युनिष्ट पार्टीकी सचेतक शान्ता चौधरीले दाङको हकमा बजेटमा निरासा हुनुपर्ने अवस्था नभएको बताइन् । दाङका सिंचाई र खानेपानीको अभाव देखिएकाले नै दाङका जनप्रतिनिधिहरुको दवाव कै कारण बृहत सिंचाई योजना पार्न सफल भएको स्पष्ट पारिन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले पनि सम्बोधन गरेका थिए । महासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव भूपेन्द्र वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here