Saturday, April 20, 2024
Homeखेलकुदडिभाइन इन्टरस्कुल टी–२० क्रिकेट जारी

डिभाइन इन्टरस्कुल टी–२० क्रिकेट जारी

- Advertisement -spot_img

तुलसीपुर, २ असार
अरनिको मैदान तुलसीपुरमा जारी डिभाईन इन्टरस्कुल टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार चन्द्रोय विद्याकुन्ज, पिपुल्स ल्याण्ड र राप्ती बाल एकडेमीले बिजयी भएका छन् । आफ्नो पहिलो खेलमा फात्तिमा स्कुल तुलसीपुरलाई ७ विकेटले पराजित गर्दै चन्द्रोदय विजयीइ भएको छ ।
त्यस्तै सम्राट स्कुल दमारगाउँलाई ४ विकेटले पराजित गर्दै पिपुल्स ल्याण्ड हापुरे विजयी भएको छ । त्रिदेव बोर्डिङ स्कुल श्रीगैँ तुलसीपुरलाई ७ विकेटले पराजित गर्दै राप्ती बाल एकाडेमी विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको फात्तिमाले दिएको ५२ रनको विजयी लक्ष्य चन्द्रोदयले ४ दशमलव २ ओभरमा आफ्नो ३ विकेटको क्षतिमा पूरा गरेको थियो । जसमा प्रवेशले ३० रन बनाए । बलिङतर्फ फात्तिमाका विशालले २ विकेट लिए । सात दशमलव २ ओभरमा अलआउट हुँदै ५१ रन बनाएको फात्तिमाका सन्तोष र रमेशले क्रमशः १९ र १६ रन जोडेका थिए ।
बलिङतर्फ चन्द्रोदयका दिनेश र संगमले समान ३÷३ विकेट लिए । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने चन्द्रोदयका संगम वली म्यान अफ दि म्याच घोषित भए । यस्तै सम्राट इङ्लिश बोर्डिङ स्कुलले दिएको ८६ रनको विजयी लक्ष्य पिपुल्स ल्याण्डले १३ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । जसमा विशाल दिवस र सिनेज राणाले क्रमशः २८,२७ र २५ रन जोडे । बलिङतर्फ सम्राटका सन्तोष र रेमनले समान २÷२ विकेट लिए । खेलमा पिपुल्स ल्याण्डका दिवस खड्का म्यान अफ दि म्याच घोषित भए ।
यस्तै टस जितेर ब्याटिङ गरेको त्रिदेवले दिएको ६८ रनको बिजयी लक्ष्य राप्ती बाल एकेडेमीले १० दशमलव ४ ओभरमा आफ्ना ३ विकेटको क्षतिमा भेटाएको थियो । जसमा राप्ती बाल एकेडेमीका दिनेश र सन्दिपले क्रमशः ३३ र १९ रन को योगदान दिए । बलिङतर्फ त्रिदेवका दिपक र आशिषले समान १÷१ विकेट लिए । ब्याटिङतर्फ त्रिदेवका दिपकले ३० रन बनाए भने बलिङमा राप्ती बाल एकेडेमीका सन्दिप र राजले सामान ३÷३ विकेट लिए । खेलमा सन्दिप डिसि म्यान अफ द म्याच घोषित भए ।
यसैबीच आइतबार बिहानको पहिलो खेलमा दिब्यज्योति र लिटिल हेभन ७ बजे भिड्नेछन् भने दोस्रो खेल हिमाल एकाडेमी र ज्ञानज्योतिबीच मध्यान्ह १२ हुनेछ । त्यस्तै गोरखा मावि तुलसीपुर र अमर स्कुल कालाखोलाबीच दिउँसो ३ बजे खेल हुने आयोजकले जानकारी जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here