तुलसीपुर, १९ जेठ ।
व्यवसायिक तथा सीप विकास तालिम केन्द्र तुलसीपुरले विभिन्न विषयमा हालसम्म १४ हजार युवायुवतीलाई सीप प्रदान गरेको बताएको छ । बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले स्थापना भएको सीप विकासले हालसम्म करिब १४ हजारजना बेरोजगार युवायुवतीलाई विभिन्न प्रकारका सिपमूलक तालिम प्रदान गरेको छ ।
वि.सं २०४९ सालमा स्थापना भएको तालिम केन्द्रले स्थापनाको २५ बर्षसम्ममा १३ हजार ७ सय ६३ जनालाई स्वरोजगारसम्बन्धी सीप सिकाएको केन्द्रका निमित्त प्रमुख सुदर्शन अधिकारीले जानकारी दिए । अधिकारीले कार्यालयले दुई प्रकारले सीप सिकाउने गरेको बताए । नियमित र अल्पकालीन गरी दुई प्रकारले नियमित रुपमा सीप सिकाउँदै आएको उनले बताए । हालसम्म नियमिततर्फको तालिममा २ हजार ३ सय ५६ जना महिलाले र ३ हजार ५५ जना पुरुषले सीप सिकेका छन् । केन्द्रले नियमिततर्फ विद्युत जडान, कटाई सिलाई, पलम्विङ, केश श्रृंगारअप ग्रेडिङ, ईलेक्ट्रोनिक्स, मोटरसाईकल मर्मत, कम्प्युटर, वेल्डिङ, अटो मेकानिक्सका सीप सिकाउँदै आएको छ ।
वि.सं २०४९ सालमा स्थापना भएको तालिम केन्द्रले स्थापनाको २५ बर्षसम्ममा १३ हजार ७ सय ६३ जनालाई स्वरोजगारसम्बन्धी सीप सिकाएको केन्द्रका निमित्त प्रमुख सुदर्शन अधिकारीले जानकारी दिए । अधिकारीले कार्यालयले दुई प्रकारले सीप सिकाउने गरेको बताए । नियमित र अल्पकालीन गरी दुई प्रकारले नियमित रुपमा सीप सिकाउँदै आएको उनले बताए । हालसम्म नियमिततर्फको तालिममा २ हजार ३ सय ५६ जना महिलाले र ३ हजार ५५ जना पुरुषले सीप सिकेका छन् ।
प्रमुख अधिकारीका अनुसार चालु आर्थिक वर्ष ०७४÷०७५ मा नियमिततर्फ ४ सय ४० जनालाई सीप सिकाउने लक्ष्य रहेकोमा ४ सय ५५ जनालाई सीप सिकाएको छ । उनका अनुसार नियमिततर्फ विद्युत जडानमा ४० जनालाई सिकाउने लक्ष्य रहेकोमा ४० जनालाई सीप सिकाएको छ । यस्तै कटाई सिलाईतर्फ ८० जनाको लक्ष्य रहेकोमा ८१ जनालाई सीप सिकाइएको बताए । पलम्बिङतर्फ ४० जनालाई सिकाउने लक्ष्य रहेकोमा ४१ जनालाई सिकाइएको छ । केश श्रृंगारअप ग्रेडिङतर्फ ४० जनाको लक्ष्य रहेकोमा ४५ जनालाई सीप सिकाइएको जानकारी दिए । ईलेक्ट्रोनिक्सतर्फ ४२, मोटरसाईकल मर्मततर्फ ४३ जनालाई सिकाइएको छ । यस्तै कम्प्युटरतर्फ ८४ जनालाई सिकाइएको छ, वेल्डिङतर्फ ४० जनालाई, अटो मेकानिक्सतर्फ ४१ जनालाई सीप सिकाइएको हो ।
त्यस्तै गत आर्थिक वर्ष ०७३÷०७४ मा नियमिततर्फ ४ सय ४० जनालाई सीप सिकाउने लक्ष्य रहेकोमा ४ सय ७६ जनालाई सीप सिकाइएको थियो । सीप विकास केन्द्रले नियमिततर्फ विद्युत जडानमा ४० जनालाई कटाई सिलाईतर्फ ८९ जनालाई सीप सिकाएको छ । पलम्बिङतर्फ ४३ जनालाई सिकाइएको थियो ।
यस्तै केश श्रृंगारअप ग्रेडिङतर्फ ४३ जनालाई, ईलेक्ट्रोनिक्सतर्फ ४२ जनालाई सीप सिकाइएको अधिकारीले बताए । मोटरसाईकल मर्मततर्फ ४० जनालाई सिकाउने लक्ष्य रहेकोमा ४२ जनालाई सीप सिकाइएको छ । कम्प्युटरतर्फ ८७ जनालाई सिकाइएको छ । वेल्डिङतर्फ ४७ जनाले तालिम लिएका छन् । अटो मेकानिक्सतर्फ ४३ जनाले तालिम लिएका छन् ।
केन्द्रले नाफामूलक फर्म कम्पनी संस्था प्रालि र व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको संयुक्त आयोजनामा सातवटा क्षेत्रमा ३० दिने तथा १ सय ६० घण्टे सीप सिकाउने गरेको प्रमुख अधिकारीले जानकारी दिए । ‘अल्पकालीनतर्फ स्थानीयस्तरको माग अनुसारका सीपहरु सीप विकास तालिम केन्द्रले प्रस्ताव पेश गर्ने गर्छ’, उनले भने ‘पेश गरिएकोे प्रस्ताव नाफामूलक कम्पनी संस्था प्रालिबाट स्वीकृत भएर आएपछि मात्र हामीले सञ्चालन गर्छौँ ।’
अल्पकालीन सीप सिकाउने कार्य ०६२÷६३ देखि मात्र सुरु गरिएको कार्यालयले जनाएको छ । व्यावसायिक सीप विकास तालिम केन्द्र तुलसीपुरले अल्पकालीनतर्फ हालसम्म ८ हजार ३ सय ५२ जनालाई सीप सिकाएको उनले जानकारी दिए । अल्पकालीनतर्फ व्यावसायिक सीप विकास तालिम केन्द्रलाई विभागले दिएको लक्ष्य भन्दा बढीलाई सीप सिकाइएको उनको भनाइ छ ।
यस आर्थिक वर्षमा अल्पकालिनतर्फ ५ सय ९० जनाको लक्ष्य रहेकोमा ६ सय ९२ जनालाई सीप सिकाइएको छ । अल्पकालीन सीपतर्फ निर्माण क्षेत्र, कृषि क्षेत्र, सेवा क्षेत्र, कला क्षेत्र, पर्यटन क्षेत्र, होजियारी तथा पोशाक, खाद्य सामग्री प्रशोधन र अन्य गरी सात क्षेत्रहरुमा सीप सिकाउने गरेको प्रमुख अधिकारीले बताए ।