काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। आयल निगमको सञ्चालक समिति बैठकले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा ३-३ रुपैयाँ मूल्य बढाएको हो। त्यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ पाँच रुपैयाँ बढेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोहितले जानकारी दिए।
मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेलको मूल्य भने ९५ रुपैयाँ पर्छ। भारतीय आयल कर्पोरेशनले शुक्रबार नयाँ मूल्यसूची पठाएपछि निगमले मूल्य समायोजन गरेको प्रवक्ता गोइतको भनाइ छ। खाना पकाउने ग्यासको भने मूल्य बढेको छैन।
शनिबार भएको मूल्यवृद्धिपछि समेत निगमलाई अझै १५ दिनको घाटा १८ करोड ६२ लाख रहेको गोइतले जानकारी दिए। निगमले यो घाटा पूर्ति गर्न आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पाँच रुपैयाँ बढाउँदा अन्तराष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिहजार लिटर ७५ डलर बढाएको गोइतले जानकारी दिए।
आयल निगमले अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा नेपालमा समायोजन गर्दै आएको छ।
Stay Connected
Must Read