नवराज रजौरे
पैसा कमाउने धूनमा
हिंडेका विदेशी भूमिमा
हाम्रै युवा शक्ति
असल जनशक्ति
चर्को ब्याजमा साहूको
या घरखेती धितोमा राखी
कर्जा लिई बैंकको
खाडी मुलुकमा भौतारिदै
पसिना बगाउँदै, रगत सुकाउँदै
पैसा कमाइयो ।
डिभोर्सको संस्कृति मौलाउँदै जाँदा
डिभोर्समा विकृति छिर्दा
कहीँ उठीबास छ, कहीँ मालामाल छ,
यत्रतत्र सर्वत्र
कोलाहल र भयावह छ ।
गाईको दूध बाच्छाको मुखमा
न गाभुमा भयो,
खाडीको पैसा
खाडी न घरमा भयो,
खोलै खोल गयो,
झोलै झोल गयो
यहाँ गायो वहाँ गयो,
नाटकीय रुपमा
छताछुल्ल भयो ।
परिवारको बेहाल भयो,
बचेराहरुको बिचल्ली भयो,
कलह बढ्यो
विग्रह बढ्यो
खाडीको रहर
क्षतविक्षत भयो ।
Stay Connected
Must Read