Friday, February 7, 2025
Homeसाहित्यशुभकामना

शुभकामना

- Advertisement -spot_img


डिल्लीराज ‘श्रीधर’
फुटाई लुट्न खोज्नेले अनेक जाल रच्दछन् ।
जुधाई भुुट्न खोल्नेले तमासा हेर्ने खोज्दछन् ।
यो सारा सोच्ने बृद्धि पलाओस् हामीमा खुदै ।
बाँचौँ उत्साहका साथ सिर्जनामा खुसी हुँदै ।
(१)
एउटा तन थ्यो हामी एउटै मन जो थियो ।
टिष्टा र काँगडासम्म बालेथ्यौँ चेतको दियो ।
खाली नेपाली हौँ हामी जातिले जे भए पनि ।
सधैँ हासौँ सधैँ बाँचौ नेपाली एकता चिनी
(२)
पोखेर पसिना दाना यही माटोमा भिजाउन ।
हामी सपूत भै जागौँ, देश माथि उठाउन ।
यो हाम्रा देशको माटो उर्जाशील बनाउँछाँै ।
फुलाई श्रृष्टिका फूल आफ्नो बारीमा सजाउछाँै ।
(३)
नेपाली पन यो हाम्रो विश्वमा पहिचान हो ।
अनेक एक भै बस्ने यो हाम्रो जगयान हो ।
मातृभूमि सधँै हाम्रो मीठो मुस्कान नै छरुन् ।
कोइली गीतका भाका खुसीभै गाउने गरुन्
(४)

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here