कोर्क आयरल्याण्ड, १५ जेठ ।
नेपालमा संघीय गणतन्त्र स्थापनाको ११औँ वार्षिक अवसरमा आयरल्याण्डको कोर्क सहरमा ‘सम्बृद्ध नेपाल र संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघ आयरल्याण्ड, नेपाली जनसम्पर्क समिति आयरल्याण्ड, कोर्क नेपाली समाज कोर्कको संयुक्त आयोजनामा आयरल्याण्डमा रहेका नेपाल आयरल्याण्ड समाजलगायतका अन्य संघसंस्थाको सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रमको संयोजन तथा सभापतित्व गैर आवासीय नेपाली संघ आयरल्याण्डका संरक्षक तथा पूर्व अधक्ष्य एवं नेपाली जनसम्पर्क समिति आयरल्याण्डका अध्यक्ष शुक्रराज न्यौपानेले गरेका थिए ।
गणतन्त्र दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रमको बारेमा प्रस्ट पार्दै कार्यक्रम संयोजक शुक्रराज न्यौपाने ले भने ‘हामीले जनचाहना बमोजिम जहाँनिया राणा सासन को अन्य ग¥यौँ, प्रजातन्त्र लायौँ, फेरि सक्रिय पञ्चायती राजतन्त्रको उदय भयो, आन्दोलन ग¥यौँ, राजासहितको प्रजातन्त्र आयो, फेरि पनि राजा एकलौटी चल्ने कोशिस गरे अनि गणतन्त्रसम्म आई पुग्यौँ त्यो सब समृद्ध नेपालको जनचाहनाले सम्भव भएको हो ।’
आजसम्म हाम्रा नेता गणहरूले यो या त्यो परिस्थिति र व्यवस्थाले समृद्ध नेपालको निर्माण सम्भव हुन नसकेको यथार्थ प्रस्तुत गर्दै गर्दा अब यो भन्दा अगाडि विश्वमा कुनै व्यवस्था छैन जसले देशको विकास र समृद्धिलाई डो¥याउन सकोस् । अब बाँकी छ भने नेतृत्वमा ईच्छा शक्ति र क्षमताको अभिवृद्धि मात्रै । त्यसैले देशको समृद्धिमा गैरआवासीय हामी नेपालीहरुको भूमिका ठूलो यसकारणले पनि किन छ भने हामी विश्वका विभिन्न विकसित मुलुकहरू बसोवास गर्छौ अनि यिनिहरू प्रगति र विकासको हामी प्रत्यक्ष साक्षी या भनौ सहयोगी पनि । हामीले विदेशमा आर्जन गरेको सीप, ज्ञान, अनुभव र पूँजी नेपालको विकास एवं समृद्ध नेपाल निर्माणको अभियानमा लगाउन चाहन्छौँ त्यसको लागि सरकारले वातावरण निर्माण गरोस् हामी प्रवासी नेपाली समृद्ध नेपाल देख्न चाहन्छौँ ।
कार्यक्रममा प्रमुख अथिति गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष नवराज कोइरालाले हजारौँ सहिदको बलिदानले प्राप्त संघीय गणतन्त्र नेपाल अब समृद्धितर्फ अगाडि बढ्नुको विकल्प नभएको बताए । देशमा रहेको व्याप्त भष्ट्राचार र कर्मचारीतन्त्रमा रहेको ढिलासुस्तीको अन्त्य एवं लगानीमैत्री वातावरण बनाउन सकेको खण्डमा गैरआवासीय नेपालीहरूले अहिलेको भन्दा दुईगुणा बढी नेपालमा नै गर्ने हुँदा ति कुराहरुमा सरकारको ध्यानाकर्षण गराएका ।
त्यसैगरी गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्व अध्यक्ष एवं अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य राजन काफ्लेले देशलाई द्रूत गतिमा समृद्ध बनाउनको लागि देशको शिक्षा नीति तथा सरकारी निकायको कार्यसम्पादन शैलीमा परिवर्तनको खाँचो औल्याए । कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षक एवं पूर्व अध्यक्ष गणेश प्रसाईले हामी सबैले आफ्नो देशमा लगानी गर्नु हाम्रो कर्तब्य हो भन्दै लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई उत्साह जगाउन सरकारले विशेष ध्यान पु¥याउन अवश्यक रहेको बताए ।
कार्यक्रममा कोर्क नेपाली समाजका अध्यक्ष टेक नरायण पौडेल, कोर्क नेपाली समाजका पूर्व अध्यक्ष तथा गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्व उपाध्यक्ष बसन्त न्यौपाने, कोषाध्यक्ष जंग अधिकारी, महिला संयोजक अञ्जु काफ्ले, युवा प्रतिनिधि कृष्ण जिसी, अंकित ओलीलगायतले हामी विश्वको जुन कुनामा रहेपनि आफ्नो देशको समृद्धि एवं विकासको लागि आफ्नो तर्फबाट सदैव लागि पर्ने प्रण गर्दै अग्रजहरुले देशका लागि बनाउने योजनामा सधै साथ रहने विश्वास दिलाए ।
कार्यक्रममा कोर्क नेपाली समाजका अध्यक्ष टेक नारायण पौडेलले सबै अथिति एवं उपस्थित महानुभावहरुलाई स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण गैरआवासीय नेपाली संघका उपाध्यक्ष लोक त्रिपाठीले गरेका थिए ।
Stay Connected
Must Read