हिरा गौतम
तुलसीपुर, दाङ
तिम्रो मुटु भित्र मेरो बास हुनुपर्छ
तिमी ढड्कन म सास हुनुपर्छ
जीवन एक सम्झौता हो
सँगै जिउन मान्छे खास हुनुपर्छ
जीवन चारपाटाको समिश्रण हो
सवल बनाउन दुबैमा विश्वास हुनुपर्छ
परिस्थितिले वारपार बनाए पनि
एकदिन सँगै हुने आश हुनुपर्छ
शितलता प्रदान जुनले गरेपनि
धर्तीको सहारा आकाश हुनुपर्छ