घोराही, १ जेठ ।
युवा संघ नेपालको २८औँ स्थापना दिवसका अवसरमा दाङको भरतपुर खेल मैदानमा भएको फुटबल प्रतियोगितामा पत्रकारको समूह विजयी भएको छ । पत्रकार महासंघको टोलीले युवा संघलाई शून्यका बिरुद्ध ७ गोलले विजयी भएको हो । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकार, युवा संघ, कानून ब्यवसायी र निजामती कर्मचारीको टोलीले प्रतिष्पर्धा गरेका थिए । युवा संघले निजामती कर्मचारी र पत्रकारहरुले कानून ब्यवसायीलाई जितेर फाइनलमा प्रवेश गरेका थिए ।
पत्रकारको तर्फबाट रामकृष्ण बस्नेतले ३ गोल गरेका थिए । पत्रकारको तर्फबाट सविन प्रियासन, रुपक थापा, मनिष पाण्डे र गोपाल कँवरले १÷१ गोल गरी गरि ७ गोल पु¥याएका थिए । विजयी भएको पत्रकारको टोलीले एउटा खसी उपहार प्राप्त गरेको छ । प्रतियोगीता पश्चात बोल्ने बक्ताहरुले युवाहरु सिर्जनशील हुनुपर्ने भन्दै खेललाई सद्भाव र भाइचाराको सम्बन्ध गराउने माध्यमका रुपमा लिन आग्रह गरेका छन् । समापन कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्का, प्रदेश सांसद रेवतीरमन शर्मा, युवा संघका केन्द्रीय सचिबालय सदस्य मनोहर बुढाथोकीले बोलेका थिए । युवा संघका जिल्ला अध्यक्ष मौसम आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण सहसचिव माधव वलीले गरेका थिए ।
Stay Connected
Must Read