लमही, ३० बैशाख ।
विप्लप नेतृत्वको नेकपाको नेपाल बन्दको कारण दाङको जनजीवन प्रभावित बनेको छ । केपी ओलि सरकारले राष्ट्रघाती निर्णय गरेको भन्दै त्यसको विरोधमा बन्दको आह्वान गरिएको विप्लपद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बन्दका कारण लामो तथा छोटो दुरिका कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । लामो दूरीका सवारी साधन नचल्दा यात्रुहरु मर्कामा परेका छन् । त्यस्तै दाङका मुख्य बजार तुलसीपुर, नारायणपुर, घोराही, लमही, गढवा, भालुबाङ बजार पनि बिहानैदेखि बन्द छन् ।
शंकास्पद बस्तु भेटियो
देउखुरीको लमही गढवा सडक खण्डको बीचमा पर्ने राप्ती नदी पुलमा बमजस्तो देखिने शंकास्पद बस्तु भेटिएको छ । खबर पाउना साथ वडा प्रहरी कार्यालयबाट प्रहरी प्रमुख सुरज खड्काको टोलीले शंकास्पद वस्तुलाई आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । तर उक्त वस्तु बम नभई कपडामा पोको पारेर ढुङ्गा र माटो रहेको प्रमुख खड्काले जानकारी दिए ।