Friday, January 24, 2025
Homeफिचरएक सर्को मायाको समीक्षा

एक सर्को मायाको समीक्षा

- Advertisement -spot_img

तुलसीपुर, २९ बैशाख ।
युवा लेखक जिएस पौडेलले लेखेको पहिलो उपन्यास एक सर्को मायाको तुलसीपुरमा समीक्षा गरिएको छ । प्रेम, जीवन र दर्शनमा आधारित उपन्यासका बारेमा विभिन्न क्षेत्र र समुदायका व्यक्तिहरुले धारणा राखेका थिए ।
कार्यक्रममा कवि दिपा धितालले उपन्यासमा प्रेमका बारेमा उल्लेख गरिएता पनि चुरोटको विषयलाई बढी प्राथमिकता दिएको बताइन् । उनले उपन्यासमा विभिन्न कथाहरु एकआपसमा जेलिएकाले पढ्दै जाँदा नयाँ अनुभूति भएको बताइन् ।
‘औसत नेपाली उपन्यास भन्दा यो अलि फरक छ’ उनले भनिन् । अर्की लेखिका शारदा धितालले उपन्यासमा चुरोटलाई धेरै प्राथमिकता दिएका बताउँदै लागूऔषध सेवन र प्रेमलाई समानान्तर दूरीमा देखाउन खोजिएको बताइन् । ‘प्रेमको स्वच्छ ब्याख्या गरिएको उपन्यास शैली र शिल्पगत दृष्टिले नयाँखालको रहेको छ’ धितालले बताइन् ।

‘औलामा गन्न सकिने राम्रा उपन्यासभित्र यो उपन्यास पर्दछ ।’ पुस्तकका लेखक जिएस पौडेलले उपन्यासमा प्रेम कथालाई नयाँ ढंगले प्रस्तुत गर्न आफूले प्रयास गरेको बताए । उनले आफू माल्दिभ्समा बस्दा अनुभव गरेको कुरालाई उपन्यासमा उठाएको समेत बताए ।


विद्यार्थी राजेश कुँवरले पुस्तकको समीक्षा गर्दै हरेक विद्यार्थीका लागि पुस्तक प्रेरक रहेको बताए । समाजमा विद्यामान जातीय विभेदका विरुद्ध पुस्तकले सशक्त आवाज उठाउन सफल भएको बताउँदै कुँवरले सामाजिक विषयवस्तुलाई समेत उपन्यासले समेटेको बताए । ‘मान्छे प्रेम र कुलतमा फसेपछि कहाँबाट कहाँसम्म पुग्छ भन्ने कुरालाई उपन्यासले बलियो ढंगले उठाएको छ’ कुँवरले भने ।
बुलबुल प्रकाशनले प्रकाशित गरेको पुस्तकका बारेमा रेडियो प्रस्तोता अच्युत घिमिरले पनि बोलेका थिए । उनले १९औँ पुस्तकका रुपमा एक सर्को मायालाई बुलबुल प्रकाशनले प्रकाशन गरेको बताउँदै नेपाली उपन्यास जगतमा नयाँ प्रयोग भएको समेत बताए । ‘औलामा गन्न सकिने राम्रा उपन्यासभित्र यो उपन्यास पर्दछ ।’ पुस्तकका लेखक जिएस पौडेलले उपन्यासमा प्रेम कथालाई नयाँ ढंगले प्रस्तुत गर्न आफूले प्रयास गरेको बताए । उनले आफू माल्दिभ्समा बस्दा अनुभव गरेको कुरालाई उपन्यासमा उठाएको समेत बताए । समीक्षा कार्यक्रमको सहजीकरण साहित्यकार वसन्त विवश आचार्यले गरेका थिए ।

गजल साँझ

यसैबीच सोही अवसरमा गजल साँझको समेत आयोजना गरिएको थियो । दाङमा रहेर गजल लेख्ने एक दर्जन गजलकारले कार्यक्रममा गजल प्रस्तुत गरेका थिए । उनीहरुले प्रेम प्रणय र सामाजिक विषयवस्तुमा आधारित गजलहरु बाचन गरेका थिए । गजल साँझमा प्रतिक संग्रामी, विनोद गिरी, दिपा धिताल, शारदा धिताल, सुशिल पुन विरही, कपिल लामिछाने, प्रभात गौतम, भावना न्यौपाने, रियाज आचार्य, प्रवल विष्ट, नवीन शर्मा र जिएस पौडेलले गजल वाचन गरेका थिए । गजल साँझको सहजीकरण गजलकार प्रिति प्रतिक्षाले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here