Saturday, March 15, 2025
Homeसमाजदुई गजल

दुई गजल

- Advertisement -spot_img


(१)
यहाँ हरेक चिजको मूल्याङ्कन जरुरी छ
यसकारण पनि मित्र र दुश्मन जरुरी छ
एउटै कुरा सोच्नै सकिएन जिन्दगीमा
खराब जरुरी छ कि सज्जन जरुरी छ
बृद्धा आश्रम नपु¥याउनु बुबा आमालाई
आफू जन्मेको घर अनि आँगन जरुरी छ
हराभरा वनजंगल मास्न हुन्न साथीभाइ
विनास मात्रै होइन वृक्षारोपण जरुरी छ
प्रेम गर्छु भनेर मात्रै कहाँ हुन्छ र प्रियसी
प्रेम गर्नलाई तन मन अनि धन जरुरी छ
(२)
जब नजरसँग नजर बदमासी भैदिन्छ
यता खुसी उता उनलाई उदासी भैदिन्छ
बिहानै उदाएको घाम पनि साँझ परेपछि
पोल्नै छोड्छ लाग्छ कि ? बासी भैदिन्छ
अपराधीलाई यहाँ स–सम्मान रिहा गरी
जो निर्दाेष छ उसैलाई नै फाँसी भैदिन्छ
धनको लोभ लालचले बुवा–आमा बिर्सी
यहाँ छोरो श्रीमतीको खलासी भैदिन्छ
जुन कुरा नहोस् भनी कामना ग¥यो झनै
त्यहीँ कुरा जिन्दगीमा एक्कासी भैदिन्छ
 
बेलझुण्डी, दाङ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here