घोराही, २८ बैशाख ।
प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले जेठ महिनापछि प्रदेशले विकास र समृद्धिमा कोल्टे फेर्ने बताएका छन् । संघीय सरकारले प्रदेशलाई बजेट र जनशक्ति हिसाबले बलियो बनाउन खोजेकाले जेठ महिनापछि प्रदेशले विकास र समृद्धिमा कोल्टे फेर्ने बताए । ‘अब संघीयताको व्यवहारिक रुपमा अभ्यास गरिने र त्यो जनताले अनुभूति गर्ने गरी काम गर्छौँ’ प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोख्रेलले भने ‘प्रदेश सरकारले आफू अनुकूलका योजना र नीति बनाएर अगाडि बढ्दै छ ।’ जेठ १५ मा संघीयताको मर्म अनुसार बजेट आउने र त्यसले भोलिको भविष्यको समेत तय गर्ने बताएका थिए । त्यसको लागि प्रदेश सरकारले कानून आयोग र योजनाले आ–आफनो काम गर्न थालिसकेको बताएका थिए ।
‘प्रदेश सरकारको शरीर निर्माण भइसकेको छ, हातखुट्टा तयार भइसकेका छन्’ मुख्यमन्त्री पोख्रेलले पत्रकार सम्मेलनमा भने ‘प्रदेशको बजेट कार्यान्वयनको लागि प्रदेश सरकार नै प्रबन्ध गरेर अगाडि बढ्छ ।’ कानून निर्माण गर्न कानून आयोग र प्रादेशिक योजना आयोगले बनाएकाले केन्द्रले बनाएको नीति नियममा अघि बढ्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका थिए ।
संगठनको संरचनाहरु प्रदेशमा हस्तान्तरण नहुँदा समस्या देखिएको उनले बताए । ‘प्रदेश सरकारको शरीर निर्माण भइसकेको छ, हातखुट्टा तयार भइसकेका छन्’ मुख्यमन्त्री पोख्रेलले पत्रकार सम्मेलनमा भने ‘प्रदेशको बजेट कार्यान्वयनको लागि प्रदेश सरकार नै प्रबन्ध गरेर अगाडि बढ्छ ।’ कानून निर्माण गर्न कानून आयोग र प्रादेशिक योजना आयोगले बनाएकाले केन्द्रले बनाएको नीति नियममा अघि बढ्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका थिए । संघीय सरकारले प्रदेशलाई बजेट र जनशक्ति हिसावले बलियो बनाउन खोजेकाले आवश्यकता अनुसार अपुग जनशक्तिका लागि प्रदेश ५ ले आफै विज्ञापन गर्ने र भर्नासमेत गर्ने जानकारी दिएका थिए ।
दाङको शिक्षा, स्वास्थ्य, सडक लगायत सबै क्षेत्रको विकासका लागि प्रदेश सरकारले केन्द्र र स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताए । राजधानीको प्रसङ्गमा कुरा गर्दै पोख्रेलले प्रदेश ५ को राजधानी सहमतिमा हुने बताएका थिए । पहिलेको सरकारले घोषणा गरेको अस्थायी राजधानी मात्र भएकाले अब हुने स्थायी राजधानी सबैको स्वामित्व र अपनत्वय हुने बताए । ‘प्रदेशको स्थायी राजधानी सहमति मै सबै जिल्लालाई पायक पर्ने ठाउँमा छनौट गरिने छ’ मुख्यमन्त्री पोख्रेलले भने ‘दाङको भावना र अपेक्षालाई ख्याल गर्दै त्यसमा मिट गर्ने गरी चयन गर्छौ, यसमा ढुक्क भए हुन्छ ।’
प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रेस सेन्टर दाङका कार्यवाहक अध्यक्ष प्रकाश चौधरीले स्वागत गरेका थिए । प्रेस चौतारीका सचिव प्रेमबहादुर राम्जाले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण प्रेस सेन्टर दाङका सचिव पाण्डवप्रसाद शर्माले गरेका थिए ।