तुलसीपुर, २८ बैशाख ।
सरकारले सिण्डीकेटका नाममा यातायात समितिहरु खारेज गरेपछि घरको न घाटको बनेका हजारौं कर्मचारीहरु आन्दोलित गर्ने भएका छन् । शुक्रबार दाङको तुलसिपुरमा भेला भएका अञ्चलभरीका यातायात ब्यवसायी समितिमा कार्यरत कर्मचारीहरु आफ्नो हकहित र रोजगारीको सुनिश्चितता चाहियो भन्दै चरणबद्ध आन्दोलन थाल्ने चेतावनीसमेत उनीहरुले सरकारलाई दिएका छन् ।
सिण्डीकेट तोड्ने नाममा सरकारले हचुवाको भरमा हजारौ, लाखौंको संख्यामा रहेका मजदुर र कर्मचारीको पेशा खोसेर बेरोजगार सिर्जना गर्न वर्तमान सरकार लागि परेको भन्दै कडा शब्दमा विरोध समेत जनाएका छन् । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति कर्मचारी युनियनका अध्यक्ष तिलक योगीको अध्यक्षतामा बसेको भेलाले कर्मचारी हकहित संघर्ष समिति समेत गठन गरेको छ ।
सिण्डीकेट तोड्ने नाममा सरकारले हचुवाको भरमा हजारौ, लाखौंको संख्यामा रहेका मजदुर र कर्मचारीको पेशा खोसेर बेरोजगार सिर्जना गर्न वर्तमान सरकार लागि परेको भन्दै कडा शब्दमा विरोध समेत जनाएका छन् । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति कर्मचारी युनियनका अध्यक्ष तिलक योगीको अध्यक्षतामा बसेको भेलाले कर्मचारी हकहित संघर्ष समिति समेत गठन गरेको छ । योगीकै सयोजकत्वमा नौ सदस्यीय संघर्ष समितिसमेत बिस्तार गरिएको छ । समितिमा अञ्चलभरीका सबै समितिका कर्मचारीहरु सदस्य रहेका छन् ।
भेलामा राप्ती समितिका कार्यालय प्रमुख सिताराम शर्मा, तुलसीपुर जीप तथा मिनिबस, बस व्यवसायी समितिका कार्यालय प्रमुख जितबहादुर खड्का, सल्यान–रुकुम यातायात समितिका कार्यालय प्रमुख तीर्थराज धिताल, अम्बिकेश्वरी यातायातका चित्रबहादुर बस्नेत, जलजला यातायातका कार्यालय प्रमुख धर्मेन्द्र कवर, साना मालबाहक समितिका मदन कुमार श्रेष्ठ, दाङ जिल्ला टेक्टर समितिका प्रकाश रिजाललगायतले सरकारले उचित ब्यवस्थापन नगरे नेपालको यातायातका क्षेत्र ठप्प पार्ने चेतावनी समेत दिएका छन् । राप्ती अञ्चलभित्र मात्रै एक हजार बढी कर्मचारीहरु विभिन्न समितिहरुमा कार्यरत रहेका छन् ।