Thursday, April 17, 2025
Homeफिचरसडकलाई प्राथमिकता दिन सुझाव

सडकलाई प्राथमिकता दिन सुझाव

- Advertisement -spot_img

योजना माग्दै मुख्यमन्त्री

घोराही, २७ बैशाख ।
सडकलाई प्राथमिकतामा राखेर योजना छनौट गर्न ५ नम्बर प्रदेश सरकारलाई दाङका सरोकारवालाले सुझाव दिएका छन् । सडकको विकास र विस्तार हुनसके मात्रै कृषि सामग्रीको निर्यात गर्न सहज हुने भन्दै उनीहरुले प्रदेश सरकारलाई सडक आयोजनालाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।
घोराहीमा प्रदेश नम्बर ५ ले आवद्यिक योजना निर्माण र आर्थिक वर्ष ०७५÷७६को बजेट तर्जुमा सम्बन्धी आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले त्यस्तो बताएका हुन् । कार्यक्रममा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले सबै योजना मागसमेत गरेका थिए । सरोकारवालाहरुले जिल्लामा खानेपानीको पर्याप्तताका लागि स्थानीय सरकारसँग समन्वय गरेर सबैका घरमा खानेपानीको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका छन् । कार्यक्रममा सहभागी घोराही उप–महानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले सडक सञ्जाल नै पहिलो विकास भएकाले कोइलाबास नाका पुनः सञ्चालन गर्नको लागि सुझाव दिए ।
भित्रि सडक सञ्जालहरु खोलेर छिमेकी जिल्लामा जोड्न सकेमा दाङको समग्र विकास हुने बताए । सडक सञ्जाल विस्तार भएमा प्रदेशको आर्थिक विकास र पर्यटकहरुको संख्या पनि बढ्ने उनको भनाइ थियो । नगरप्रमुख चौधरीले भने ‘कटुवा खोला र ग्वार खोलाको हाईड्याम निर्माणमा प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए ।’

तुलसीपुर उप–महानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले भने– ‘निर्माणधिन सडक हामीले बनाउने हो की प्रदेश सरकारले हो ?’ ‘सडक डिभिजनसँग बुझ्दा यो तपाईको काम होइन् भन्छ ।’ तुलसीपुर टरिगाउँको एयरपोर्ट नियमित रुपमा सञ्चालन गर्नको लागि र इन्धन डिपो स्थापनाको लागि बजेट छुट्याउन माग गरे । स्मार्ट सिटीको रुपमा तुलसीपुरलाई विकास गर्न र बेलझुण्डीलाई अन्तर्राष्ट्रिय खेलकुद विकास गर्न सुझाव दिए ।


तुलसीपुर उप–महानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले प्रदेश राजधानीको मुकाम हालसम्म अस्थायी रहदा आर्थिक विकास निर्माणमा बाधा पु¥याउने भएकाले स्थायी राजधानी तोक्न मुख्यमन्त्री पोख्रेललाई आग्रह गरे । ‘लामो समयसम्म अस्थायी मुकाम रहँदा विकास निर्माणमा बाधा पु¥याउँछ’ तुलसीपुर उपमहानगरका नगरप्रमुख पाण्डेले भने ‘प्रदेश सरकारले पहिले काम स्थायी मुकाम दाङ तोक्नुपर्छ, यो उपयुक्त पनि छ ।’ लमहीदेखि तुलसीपुरसम्मको निर्माणाधिन सडकको विषयमा पनि ध्यानकर्षण गराएका थिए ।
‘निर्माणधिन सडक हामीले बनाउने हो की प्रदेश सरकारले हो ?’ उनले भने ‘सडक डिभिजनसँग बुझ्दा यो तपाईको काम होइन् भन्छ ।’ उनले तुलसीपुर टरिगाउँको एयरपोर्ट नियमित रुपमा सञ्चालन गर्नको लागि र इन्धन डिपो स्थापनाको लागि बजेट छुट्याउन माग गरे । स्मार्ट सिटीको रुपमा तुलसीपुरलाई विकास गर्न र बेलझुण्डीलाई अन्तर्राष्ट्रिय खेलकुद विकास गर्न सुझाव दिए
कार्यक्रममा सरोकारवाला–हरुले भू–उपयोग नीति निर्माण बनाउनु पर्ने, नयाँ सिमेन्ट उद्योग सञ्चालन गर्न रोक लगाउनु पर्ने, हाल सञ्चालनमा रहेका सिमेन्ट उद्योगहरुलाई वातावरणमैत्री बनाउनु पर्ने, सहकारीहरुलाई व्यवस्थित गराउनुपर्ने सुझाव दिएका थिए । तुलसीपुर उप–महानगरपालिकाकी उपप्रमुख माया आचार्यले न्यायिक समितिमा भौतिक निर्माण र अधिवक्ताको व्यवस्था गर्न मुख्यमन्त्री पोख्रेललाई सुझाव दिएकी थिइन् ।


४६ हजार हेक्टर जमिनमा सिचाई पु¥याउनेः मुख्यमन्त्री पोख्रेल

प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले दाङलाई कृषि हवका रुपमा विकास गर्ने बताएका छन् । प्रदेश योजना योजना आयोग र आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नम्बर ५ ले बिहीबार घोराहीमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले आउँदो बजेटमा कृषिको विकासका लागि एकीकृत सिंचाईका माध्यमबाट ४६ हजार हेक्टर जमिनमा सिंचाई पु¥याउने दाबी गरे ।
प्रदेश नम्बर ५ लाई कृषि उत्पादन निर्यात गर्ने क्षमता राख्ने बताए । उनले प्रदेश नम्बर ५ मा ६ जिल्ला कृषिको उर्वरभूमि रहेको भन्दै दाङमा ५० हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउन सकिने बताए । मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारको आगामी बजेटमा कृषिसँगै विकास, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत प्राथमिकतामा पर्ने बताए । उनले दाङको विकासका लागि स्थानीय सरकारसँग समन्वय गरेर जाने भन्दै पर्यटन क्षेत्रलाई पनि विकास गर्ने बताए ।


‘हामी जनप्रतिनिधि हौँ’ उपप्रमुख आचार्यले भनिन् ‘अधिकृत सरहको वकिल पढेको कर्मचारी व्यवस्थापन गर्नसकेमा मुद्दा फैसला गर्न सहज हुने थियो ।’ दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले बाह्रैमासे पानीको सुविधा नभएकाले बबई नदीबाट लिफ्ट गरेर पानी पु¥याउनको लागि योजना ल्याउनुपर्ने सुझाव दिएका थिए । सित भण्डार, थारु संस्कृति संरक्षण गर्न, पर्यटन, पक्की पुलको निर्माण लगायतका योजनाहरु बनाउन सुझाव दिए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले कर्मचारी समायोजना हुन नसक्दा संघीयता कार्यान्वयनले गति लिन नसकेको बताएका थिए । ५ नम्बर प्रदेश सरकार सहमति र सहकार्यको माध्यमबाट अगाडि बढेको बताएका थिए । प्रदेशको अवस्थाको क्षेत्रमा स्थिति पत्र तयार पारेर सार्वजनिक गर्दा दाङ हरेक क्षेत्रमा चौथो पोजिसनमा रहेको बताए । मुख्यमन्त्री पोख्रेलले कर्मचारीको व्यवस्थापनदेखि जिल्लाको शिक्षा, स्वास्थ्य, पानी, पर्यटन, सडक, एयरपोर्ट, वन, कृषिको विषयमा आफूले बनाएको योजनाको वारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले छलफल भएको सुझावहरुलाई प्रदेश सरकारको योजनामा राख्न ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ र आर्थिक मामिला तथा योजना मन्त्रालयका अर्थ सचिव स्थानेश्वर गौतमले आगामी बजेट र योजना तर्जुमाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत हिमाल गौतमले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here