सल्यान, २७ बैशाख ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको पहिलो बैठक सल्यानमा सम्पन्न भएको छ । भखरै निर्वाचित पदाधिकारीले सल्यानको पर्यटकीय स्थलको प्रचारप्रसारको निम्ति पत्रकार महासंघ कर्णाली प्रदेशले के गर्न सक्छ र कर्णाली प्रदेशलाई कसरी चिनाउन सकिन्छ ? भन्ने बिषयमा बैठक केन्द्रित भएको थियो ।
उक्त अवसरमा जिल्लाका धार्मिक स्थल, पर्यटकीय स्थलको प्रचार प्रसारमा के गर्न सकिन्छ भन्ने बिषय अन्र्तक्रियासमेत सम्पन्न भएको छ । पत्रकार महासंघ सल्यानको आयोजना तथा छत्रेश्वरी गाउँपालिका सहकार्यमा नेपाल पत्रकार महासंघ सल्यान, कर्णाली प्रदेशका सम्प”र्ण पदाधिकारी, सल्यान जिल्लाबाट निर्वाचित जनप्रतिनिधि, जिल्लाका विभिन्न कार्यालयका कर्मचारी, स’रक्षा निकाय, जिल्लामा कार्यरत पत्रकार, स्थानीयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सल्यानमा रहेका विभिन्न शक्तिपीठहरुको प्रचारप्रसार कसरी गर्ने भन्ने विषयमा व्यापक छलफल समेत भएको थियो । नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष प्रतिक शर्माको अध्यक्षतामा र सल्यानबाट निर्वाचित प्रदेश सभाका सदस्यको ग’लावजंग शाह प्रम’ख अतिथि, त्यसैगरी पत्रकार महासंघका उपाध्यक्ष विप’ल पोखरेलको विशिष्ट आथित्यतामा कार्यक्रम भएको हो ।
सल्यान जिल्लाका पर्यटकीय स्थलको प्रचारको निम्ती धेरै पटक प्रयासहरु भएपनि खासै उपलब्धि ह’न नसकेकोले अब देशमा नयाँ संरचना भइसकाले ति स्थलको प्रचारप्रसारले गति लिन’पर्ने र यस्ता क्षेत्रकोे प्रवद्र्धन भएमात्रै जिल्लाको विकास ह’नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए । कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष बिप’ल पोखरेले पर्यटकीय स्थलको प्रचारप्रसारको लागि पत्रकार मात्रैले नभएर सबै एकज’ट भएर लाग्न’पर्ने बताएका थिए ।
भौगोलिक हिसाबले बिकट जिल्लाको रुपमा रहेको सल्यान जिल्लाको विकासका निम्ती अरु विकल्प खोज्न लाग्ने हो भने धैरै पछाडि परिने र पर्यटनको विकासको एउटा ग’रुयोजना बनाएर अगाडि बढ्ने उनले स’झाव दिएका थिए । अहिलेको कर्णाली प्रदेश पर्यटकीय दृष्टिले निकै अगाडि रहेको यसका लागि पर्यटन प्रवद्र्धन गर्ने हो भने कर्णाली प्रदेश कायापलट ह’ने उनले बताए ।
छायाँक्षेत्र नेपालका सबै शक्तिपीठहरुमध्ये बली नचढाइने एकमात्र शक्तिपीठ भएकोले पनि यस क्षेत्रको विशेष महङ्खव रहेकाले यहाँ सर्वप्रथम अष्टभैरवले प”जाआराधना गरेकाले क’नै पनि अवसरमा बली नचढाइने बताइन्छ । सत्यय’’गमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अन्तिम अंग पतन भएको विश्वास गरिने छायाँक्षेत्र सल्यानको महङ्खवप”र्ण धार्मिक पर्यटन गन्तव्य हो । मन्दिर परिसरको उत्तरतिर एउटा ठूलो शीला छ, जहाँ सतिदेवीको सम्प””र्ण अंग पतन भएको विश्वास गरिन्छ । अंग पतन भएको शीलामा आँखाले अवलोकन गरे सल्यानका गाउँबस्ती देख्न सकिन्छ भन्ने किंवदन्ती छ ।
पौराणिक कथाअन’सार सतीदेवीको पहिलो शरीर ग’हेश्वरीमा पतन भएको थियो भने अन्तिम शरीर सल्यानको छायाँक्षेत्रमा पतन भएको हो । जहाँ–जहाँ अंग पतन भए, त्यहाँ सबै प”ण्यभ”मिको रुपमा रहेका र अन्तिम अंग पतन भएको स्थान यस क्षेत्र मोक्ष प्राप्त गर्ने प”ण्यभ”मि भएको र नेपालको एउटा मन्दिर बली नचढे छायाँक्षेत्र शक्तिपीठ रहेकाले यसको विशेष महङ्खव रहेको मन्दिरका संस्थापन अध्यक्ष डिल्लीराज रेग्मीले बताए ।