Tuesday, May 20, 2025
Homeफिचरसुनसान दहवन ब्यारेक

सुनसान दहवन ब्यारेक

- Advertisement -spot_img

रोल्पा, २६ बैशाख ।
कुनै समय मिडियामा मात्रै हैन नेतृत्व गर्ने नेताको बोलीमा पनि थियो । तत्कालीन नेकपा माओवादीको लडाकु बसेको पाँचौ डिभिजन दहवन हिजोआज सुनसान जस्तै बन्दै गएको छ । तत्कालीन माओवादी सेना बस्ने पाँचौ डिभिजनको सुरक्षाका लागि नेपाली सेना त बसेको छ तर अवस्था फेरिएको छ ।
त्यतिबेला स्थानीयहरुले पाउने सेवा सुविधासमेत अहिले स्थानीयले पाउन सकेका छैनन् । त्यतिबेला पाएको विशेषज्ञ स्वास्थ सेवा स्थानीयले अब पाउने सम्भावना नभएको गुनासो गर्ने गरेका छन् । पाउँदै आएको स्वास्थ्य सेवा सुविधा पाउनबाट बञ्चित भएका छन् भने लडाकु बस्नका लागि बनाएका अरबौँ लगानीका संरचना पनि हराउँदै गएका छन् । स्थानीयले राज्य र दहवनसँगको सम्बन्ध टाढा हुँदै गएको महसुस गर्न थालेका छन् । लडाकु बसेपछि मुहार फेरिएको दहवन अहिले फेरी पुरानै अवस्थामा जान थालेको स्थानीय शान्तराज बोहराले बताए ।

२०६४ साल आजभन्दा करिब १० वर्ष अघि रोल्पाको दहवनमा तत्कालीन नेकपा माओवादीका सेनाको पाँचौ डिभिजन बस्दा दहवनबासीसँग पिरती गाँसेको राज्यले अहिले पिरती तोडेको स्थानीयको गुनासो छ । तत्कालीन समयमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्र सुचारु अवस्थामा नहुँदा स्थानीयले स्वास्थ्य उपचारका लागि सास्ती पाउने गरेको उनले बताए ।
पाँचौ डिभिजन दहवनमा लडाकु बस्नका लागि बनाइएका भौतिक संरचना केहीलाई सरकारी सेनाले सुरक्षा दिएपनि अन्य ठाउँमा भत्किदै गएका छन् । लडाकु बस्नका लागि बनाएका भौतिक संरचना सेना समायोजनपछि हराउँदै जान थालेका हुन् । त्यस्तै करिब २२ लाख मुल्य बराबरको एम्बुलेन्स पनि प्रयोगबिहीन अवस्थामा रहेको छ ।
एम्बुलेन्सलाई सरकारी सेनाले सुरक्षा दिएपनि प्रयोगबिहीन अवस्थामा हुँदा एम्बुलेन्स काम नलाग्ने अवस्थामा पुग्न थालेको छ । स्वास्थ्य उपचार गराउनका लागि टाढा–टाढा जानुपरेको अवस्थामा एम्बुलेन्स प्रयोगबिहीन हुँदा हामीलाई त ‘मामाको बारीमा साग छ भान्जाको के लाग्छ’ भनेझैँ भएको छ स्थानीय व्यापारी नन्दकुमार घर्तीले भने ।

त्यतिबेला पाएको विशेषज्ञ स्वास्थ सेवा स्थानीयले अब पाउने सम्भावना नभएको गुनासो गर्ने गरेका छन् । पाउ“दै आएको स्वास्थ्य सेवा सुविधा पाउनबाट बञ्चित भएका छन् भने लडाकु बस्नका लागि बनाएका अरबौं लगानीका संरचना पनि हराउ“दै गएका छन् । स्थानीयले राज्य र दहवनस“गको सम्बन्ध टाढा हु“दै गएको महसुस गर्न थालेका छन् ।


उनले सामान्य उपचार गराउनको लागि दाङ जानु परेको दुःखेसो व्यक्त गरे । सेना समायोजनपछि झनै दहवनको विकास होला भन्ने सोंचेको थिए तर झन विकासको साटो सास्ती पाउनुपरेको छ । विकासको साटो विनास भएको भन्दै तत्कालीन अवस्थाका सम्पूर्ण सेवा पाउन पाउनुपर्ने उनले माग गरे । तत्कालीन पाँचौ डिभिजन दहवनमा करिब २९ सय जनमुक्ति सेना रहँदा व्यापार, व्यवसाय पनि धेरै हुने गरेको स्थानीय व्यापारी बताउँछन् । त्यो समयको भन्दा अहिले व्यापार निकै कम हुने गरेको छ स्थानीय व्यापारी मानबहादुर बस्नेतले बताए । पहिलेको तुलनामा निकै व्यापार कम हुने गरेको छ अहिले त केही व्यापार नै छैन् उनले भने ।
सेना समायोजन अघि दहवनमा पाउँदै आएको स्वास्थ्य उपचारका लागि रोल्पाका घर्तीगाउँदेखि छिमेकी जिल्ला सल्यानसम्मका जनता आउने गरेका थिए अहिले ति सबै सुविधा कटौति भएपछि चहलपहल पनि निकै कम भएको उनको भनाइ छ ।
तत्कालीन जनमुक्ति सेना बसेको पाँचौ डिभिजन दहवनमा सरकारी सेना सुरक्षाको लागि बसेको छ । नागरिकले सुरक्षाको अनुभूति पनि गरेका छन् तर अवस्था भने फरक छ । दहवन राज्यको नेतृत्वको नजरमा पर्ने हो भने राम्रो युद्ध पर्यटकीय स्थल बन्नसक्ने सरोकारवालाको बुझाई छ ।
अर्को कुरा के भने पाँचौ डिभिजनका तत्कालीन डिभिजन सहकमाण्डर राजबहादुर बुढा अहिले जिल्ला समन्वय समिति रोल्पाका प्रमुख छन् । तर उनले पनि दहवनको विकासबारे केही भन्न नसकिने बताए । उनले हिजो बाइसे चौबिसे राज्यको अवस्था जे थियो त्यहि अवस्थामा जानसक्ने गैह्र जिम्मेवार जवाफ दिए । तत्कालीन पाँचौ डिभिजनको नाम अहिले खड्ग दल गण रहेको छ ।
गणमा नेपालीसेना ८० जना सुरक्षाको लागि बस्दै आएको गणपति नारायण गिरीले बताए । एम्बुलेन्स सञ्चालनको लागि हामीले केही बुझ्न खोज्दा उनले यसबारे केही भन्न नमिल्ने बताए । फोटो खिच्न पनि पाइदैन् एम्बुलेन्स सञ्चालन गर्न सकिने बारे हामी केही गर्न सक्दैनौँ उनले भने ।
दहवन अपरिचित पनि होइन । राज्यको नेतृत्व गर्ने स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मका राजनेता सबैले दखेको सुनेको ठाउँ हो । तर यसको विकास र समृद्धिका लागि भन्नेलाई फुलको माला सुन्नेलाई सुनको माला जस्तै भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here