Thursday, April 17, 2025
Homeफिचरशैक्षिक गुणस्तरियताका लागि अन्तरक्रिया

शैक्षिक गुणस्तरियताका लागि अन्तरक्रिया

- Advertisement -spot_img

घोराही, २५ बैशाख  ।
घोराही उपमहानगरपालीका वडा नम्बर २ स्थित गंगा माध्यमिक विद्यालय रामपुरले अभिभावक भेला र शैक्षिक शत्र २०७४ मा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम मगलबार सम्पन्न गरेको छ । भेलाका सहभागी अभिभावकहरुले विद्यालयको शैक्षिक सुधारका लागि विभिन्न सुझावहरु दिएका छन् । कार्यक्रममा विद्यालयको शैक्षिण गुणस्तर थप प्रभावकारी बनाउनका लागि शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय ब्यवस्थापन र विद्यालय प्रशासनबीच नियमति अन्तरक्रिया आवश्यक रहेको भन्दै आगामी दिन सोही अनुरुप काम गर्ने निर्णय पनि भएको छ ।

केही अभिभावकहरुले विद्यालयमा दण्डरहित शिक्षाका कारण आफ्ना बालबालिका बिग्रन थालेको भन्दै गुनासो गरेका छन् । पछिल्लो समय विद्यालयको शैक्षिक अवस्था सुधारोन्मुख रहेको आफूहरुले पाएको भन्दै अभिभावकहरुले त्यसलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।



केही अभिभावकहरुले विद्यालयमा दण्डरहित शिक्षाका कारण आफ्ना बालबालिका बिग्रन थालेको भन्दै गुनासो गरेका छन् । पछिल्लो समय विद्यालयको शैक्षिक अवस्था सुधारोन्मुख रहेको आफूहरुले पाएको भन्दै अभिभावकहरुले त्यसलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् । अन्तरक्रियामा सहभागी शिक्षकहरुले केही सुस्त मनस्थितिका बालबालिका र अन्य बालबालिकालाई सँगै राखेर पढाउनुपर्ने भएकाले केही समस्या परेको बताएका छन् । उनीहरुले आ–आफ्ना बालबालिकालाई विद्यालय पोशाकमा नियमित रुपमा विद्यालय पठाउन आग्रह गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २ का वडा अध्यक्ष केशवराज आचार्यले विद्यालयलाई नमूना बनाउने योजना भए वडा कार्यालय सहयोग गर्न तयार रहेको भन्दै नयाँ आर्थिक वर्षबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गर्ने योजनामा आफू रहेको बताए । उनले विद्यालय समयभित्र शिक्षक र विद्यार्थी अनिवार्य रुपमा विद्यालयमै रहनु पर्ने भन्दै विद्यालयको नियमित रुपमा अनुगमन गरिने बताए ।

विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष जगत चौधरीको अध्यक्षता र वडा अध्यक्ष केशवराज आचार्यको प्रमुख आथित्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुवनकुमार आचार्यले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य हिमादेवी विक र यमा पुन, शिक्षक अभिभावक संघका अध्यक्ष वीरबहादुर विक, शिक्षक अभिभावक संघका सदस्य शिवा डाँगी, विद्यालयका सहायक प्रधानाध्यापक शशिधर उपाध्यायलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा शैक्षिक सत्र २०७४ मा नर्सरीदेखि कक्षा ९ सम्म कक्षा प्रथम, द्वितीय, तृतीय, विद्यालय प्रथम, द्वितीय, तृतीय तथा सबैभन्दा बढी विद्यालय उपस्थित हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा पछिल्लो समय विद्यालयमा सेवा सुरु गर्नु भएका शिक्षकहरु मानबहादुर केसी, सविना पोख्रेल, सरीता रेग्मी, सिर्जना चौधरी, होमा ढकाल र नारायणप्रसाद रिजाललाई स्वागत गरिएको हो । कार्यक्रमको सञ्चालन शिक्षक हेमराज शर्माले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here