Sunday, June 15, 2025
Homeफिचरगर्मीले पठनपाठनमा समस्या

गर्मीले पठनपाठनमा समस्या

- Advertisement -spot_img

दाङ, २५ बैशाख ।
केही दिन यता अत्याधिक रुपमा बढेको गर्मीले दाङको पठनपाठनमा प्रभाव पारेको छ । विगतमा पनि यो समयमा विद्यार्थीहरुमा विभिन्न समस्या देखिदै आएको थियो ।
यो वर्ष पनि गर्मी बढेसँगै बान्ता हुने, रिङ्गाटा लाग्ने, बेहोस हुनेजस्ता समस्याहरु विद्यालयका विद्यार्थीहरुमा विस्तारै देखिन थालेको विभिन्न विद्यालयहरुले बताएका छन् । सामुदायिक विद्यालयको तुलनामा निजी विद्यालयहरुमा यो समस्या अलि कम देखिएको छ । विद्यार्थीहरुलाई अनुकूल वातावरणको व्यवस्था गर्न नसक्दा सामुदायिक विद्यालयमा यो समस्याले सताउने गरेको छ ।
विगतमा विद्यालयमा पढ्ने समयमा मात्र नभई प्रार्थना गर्दा लाईन मै उभिएको समयमा पनि विद्यार्थीहरु बेहोस हुने गरेको मावि सेन्टरका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए । विद्यालयको प्रार्थना समयमा पनि विद्यार्थीहरु बेहोस हुने समस्या यस वर्ष पनि देखिन थालेको उनले बताए । ‘विगतका वर्षहरुमा प्रार्थनाको समयमै विद्यार्थी बेहोस भएका थिए तर यो वर्ष त्यसरी भएका छैनन्’, उनले भने ‘कक्षा कोठामा भने बिरामी हुने विद्यार्थीहरु एक हप्ताको समयमा तीनजना पुगेका छन् ।’ सामान्यतया अहिलेसम्ममा पेट दुख्ने, वान्ता हुनेजस्ता लक्षणहरु विद्यार्थीमा देखिएको पौडेलको भनाइ छ ।

यो वर्ष पनि गर्मी बढेसँगै बान्ता हुने, रिङ्गाटा लाग्ने, बेहोस हुनेजस्ता समस्याहरु विद्यालयका विद्यार्थीहरुमा विस्तारै देखिन थालेको विभिन्न विद्यालयहरुले बताएका छन् । सामुदायिक विद्यालयको तुलनामा निजी विद्यालयहरुमा यो समस्या अलि कम देखिएको छ । विद्यार्थीहरुलाई अनुकूल वातावरणको व्यवस्था गर्न नसक्दा सामुदायिक विद्यालयमा यो समस्याले सताउने गरेको छ ।


केही विद्यार्थीहरु गर्मीका कारण बिरामी हुने गरेका छन् भने कुनै शरीरको रोगका कारणले पनि बिरामी हुने गरेको उनले जानकारी दिए । बिरामी भएर रोग पालेका कारण बच्चाहरुलाई गर्मीले असर पु¥याउने गरेको उनको भनाइ छ । विद्यालयमा गर्मीको कारण बिरामी भएका बालबालिकाहरुलाई अस्पतालमा पु¥याई उपचारसमेत गर्ने गरेको उनले बताए ।
उनले उपचारका लागि लगेका बिरामी बिद्यार्थीहरुले बरबराउने, अटेरी गर्ने जस्ता व्यवहार देखाउने गरेको जानकारी दिए । गत वर्ष विद्यालयमा आठजना विद्यार्थीहरु बिरामी परेका थिए । तर यो वर्षको सुरुवातमा तीनजना विद्यार्थीहरु बिरामी भइसकेका छन् । यसरी हेर्दा गर्मीका कारण बिरामी हुनेहरुको सख्यामा वृद्धि हुनसक्ने देखिएको उनले बताए ।
विद्यालयमा यस वर्ष गर्मीका बिरामीहरु खासै नदेखिएको गुरु जजुर माविका शिक्षक विष्णु न्यौपानेले बताए । विद्यालयको पठनपाठन भर्खरै मात्र सञ्चालनमा आएका कारणले पनि बिरामी नभेटिएको उनले बताए । कक्षा ११ र १२ को परीक्षा केन्द्र विद्यालयलाई तोकिएकाले पनि कक्षामा पढाइ समयभन्दा ढिलारुपले सञ्चालन भएको उनले बताए । ढिला समयमा कक्षामा पठनपाठन सुरु हुने भएकाले पनि विद्यार्थीहरुमा अहिले यस्तो समस्या नभएको उनले जानकारी दिए ।

दाङलगायत अन्य स्थानका विद्यालयहरुमा पनि यो समस्या देखिने गरेका छन् । गर्मीका कारण बिरामी भई कुनै विद्यार्थीको ज्यानसमेत जाने गरेको छ । तर कुनै विद्यालयहरुमा भने यो समस्या देखिएको छैन । विद्यालयको वातावरण अनुकूल भएका कारणले पनि यस्ता समस्याहरु सबै विद्यालयहरुमा नदेखिएका हुन् ।


विद्यालयमा पठनपाठन ढिला समयमा सञ्चालन हुने गरेको छ, ‘विद्यार्थी घरबाट ढिला आउने भएकाले पनि यस्तो समस्या देखिएको छैन, पछिको कुरा भने भन्न सकिदैन ।’ विगतका वर्षहरुमा भने २२ जनाको हाराहारीमा विद्यार्थीहरु बिरामी परेको उनले जानकारी दिए । गर्मीका कारण बेहोस हुने, बान्ता गर्ने, पेट दुख्ने लक्षणहरु अन्य विद्यालयहरुमा जस्तै आफ्नो विद्यालयका विद्यार्थीहरुमा पनि देखिएको उनले जानकारी दिए । यो समस्या छात्रमा भन्दा धेरै छात्रामा देखिएको उनको भनाइ छ ।
विस्तारै टाउको दुख्ने, रिङ्गाटा लाग्ने र एक्कासी बेहोस हुने अस्पातल पु¥याई उपचारसमेत गरेको उनको भनाइ छ । कुनै विद्यार्थीको नाकबाट रगतसमेत बग्ने गरेको उनले जानकारी दिए । कुनै–कुनै विद्यार्थीहरुमा डरलाग्दो अवस्थासमेत आउने भएकाले त्यो समयमा अटो तथा अन्य साधनहरुको व्यवस्था गरी अभिभावकको जिम्मासमेत लगाइएको उनले जानकारी दिए ।
दाङलगायत अन्य स्थानका विद्यालयहरुमा पनि यो समस्या देखिने गरेका छन् । गर्मीका कारण बिरामी भई कुनै विद्यार्थीको ज्यानसमेत जाने गरेको छ । तर कुनै विद्यालयहरुमा भने यो समस्या देखिएको छैन । विद्यालयको वातावरण अनुकूल भएका कारणले पनि यस्ता समस्याहरु सबै विद्यालयहरुमा नदेखिएका हुन् । विगत दुई वर्षदेखि आफ्नो विद्यालयका विद्यार्थीहरुमा यस्तो समस्या नभएको मावि कालाखोलामा शिक्षक मित्रलाल खनालले जानकारी दिए ।
विद्यालय वरपरको वातावरण स्वच्छ र बोटविरुवाको कारण शितलता प्रदान हुने भएकाले पनि यो समस्या विद्यालयमा नदेखिएको उनले जानकारी दिए । तर यसवर्ष विद्यार्थीहरु बिरामी पर्ने लक्षण नदेखिए पनि केही भन्न नसकिने बताए । गर्मी विस्तारै बढ्दै गएकाले विद्यार्थीहरु बेहोस नभए पनि टाउको दुख्ने, रिङ्गाटा लाग्ने समस्या देखिन सक्ने अनुमान गरिएको उनको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here